Thursday 6th of February 2025

गाैशाला न.पा.मा हात्तिपाईले राेग निवारण कार्यक्रम सम्पन्न ।

0 Shares

महाेत्तरिकाे गाैशाला नगरपालिमामा फागुन ११ गतेदेखि हात्ती पाईले रोगको औषधी खुवाइने भएको छ । फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्ती पाईले रोग विरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिएको छ ।

२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय महाेत्तरिका स्वास्थ्य अधिकृत भाेला यादवले जानकारी दिए । घर–घरमा गएर म्यापिङ्ग गरि हात्ती पाईले रोगको वास्तविक तथ्याकं शंकलन समेत गरिने उनले बताए ।

महोत्तरीमा हात्ती पाईले रोगको विरामी फेला परेपछि औषधी खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो ।
प्रतिक्रिया