Monday 13th of January 2025

गौशाला न.पा.का नगरप्रमुखद्वारा सामुदायिक विद्यालय भवनको सिलान्यास कार्यक्रम सम्पन्न

0 Shares

महोत्तरीको गौशाला नगरपालिकामा एक सामुदायिक विद्यालयको भवनको शिलान्यास भएको छ । गौशाला नगरपालिकाको वडा न.२ निगौल स्थित निगौल मा.वि. विद्यालयमा नगरप्रमुख डा.दिपेन्द्र महतोले भवनको शिलान्यास गरेका हुन् ।

वडा नं. २ मा मा.वि. निगौलमा रहेको विद्यालय भवन जीर्ण भई दुर्घटना हुन सक्ने आशंका बढ्नुको साथ साथै विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठा अपुग भएको कारण विद्यार्थीलाई एउटै कक्षाकोठामा कोचिएर पठनपाठन गर्न बाध्य भएपछी उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि नगरबाट २ करोड ४८ लाख बजेट विनियोजन गरि सो भवनको निर्माण गर्न लागिएको नगरप्रमुख महतोले बताए । सो बजेटबाट निगौल मा.वि. मा तीन तल्ले भवनमा नौ कोठे भवन तयार गर्न लागिएको महतोले जनाइएको छ । त्यसैगरी भरतपुरमा तीन कोठे ट्रस्ट भवन बनाउन लागेको जनाईएको छ ।

भवन निर्माणकार्यका लागि भगत ग्रुप र बिजय सृजना कन्स्ट्रक्सनले टेन्डर पाएको छ ।

साथै त्यही ठाउँमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४६ लाखमा ४ कोठे भवनको समेत शिलान्यास गरिएको छ ।निगौलका स्थानीय नरेश सिंहले सो विद्यालयको लागि पहिला नै ६ कठ्ठा जग्गा अनुदान गरेका थिए ।

नगर प्रमुख महतोले शिक्षालाई आवश्यक अनुसारको भौतिक पूर्वाधार बनाई यस नगरलाई शिक्षालाई व्यापकरुपमा अगाडी बढाउन प्रयासरत रहेको मेयर महतोले बताए ।

 

प्रतिक्रिया