औरही बजार ठेक्केदारको दादागीरी, नियम बिपरीत बट्टी असुली

औरही –  शुक्रबार र मंगलबार लाग्ने हाटबजारमा नियम विपरीत बट्टी असुल गर्दै आईरहेको रहस्य खुल्ला भएको हो । महोत्तरीको औरही नगरपालिकामा वडा नं. १ मा लाग्ने औरही बजार मगंलबार र शुक्रबार बजारमा ठेक्केदारको दादागीरीका कारण बजारमा दैनिकि उपभोग तरकारी, माछा, मासु कपडा अन्य व्यापारका व्यसायीहरु मारमा परेको छ ।

माछा, मासु तथा अन्य कच्चा पदार्थ एक दिन मै कुहिने भएको हुँदा आफुहरुलाई लाखौको घाटा भएको कपडा व्यापारी नबल साहले बताए । औरही हाट बजारमा कपडा पसले तथा अन्य व्यापारीसँग मनपर्दिरुपले बट्टी असुल गर्न खोज्दा त्यहाँका व्यापारीहरुले शुक्रबार विरोध जनाएको छ । बजारमा सार्वजनिक गरिएको दररेटअनुसार प्रति सानो कपडा पसलको रु. २५ र ठूलो कपडा पसललाई ५० तोकिएको बट्टीमा सानो कपडा पसलको रु. ५० र ठूलो कपडा पसललाई १०० तिर्न लगाएपछि विवाद उत्पन्न भएको हो । बजारका व्यापारीले विरोद्ध गरी हामी बजारमा लाग्ने नियम अनुसारको बट्टीमात्र तिरी व्यवसाय गर्छौ भने पछि बजार ठेक्केदार खेनहारी यादव भाडाका लठईत (कार्यकर्ता) मगाई बजार कसरी लगाउन सक्छौ भने पछि कपडा पसलका व्यवसायी राजेश साहले जबसम्म यसको उचित निर्णय नआउनुजेलसम्म हामी बजारमा व्यवसायी नगर्ने बताएका छन ।

मारमा परेका व्यवसायीहरु सम्बन्धित निकायलाई पटक पटक जानकारी गराए पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेका छन । सम्बन्धित निकायलाई हप्तामा मासु तथा विभिन्न किसिमको प्रलोभन दिए पछि सम्बन्धित निकाय बजार ठेक्केदारको पक्षमा रहेको कपडा व्यापारी तथा तरकारी व्यसायी निरसी देवी महतोले रेडियो रुपान्तरणका संचारकर्मीलाई बताए । यस विषयमा औरही उद्योग वाणिज्य संघका कोषाध्यक्ष रामपुकार साह कानुका अनुसार बजार ठेक्का लगाएका बेला आफुहरुलाई कुनै जानकारी विना नैे बजार ठेक्का लगाएको साह बताउँछन र औरही उद्योग वाणिज्य संघ यस विषयमा घोर आपत्ति भएको जनाएको हो ।

हाटबजार लाग्ने जमिन श्रीप्रसाद सिंह मा.वि. औरहीको निजि जमिन भए पनि त्यहाँका प्र।अ।तथा व्यवस्थापन समितिलाई यस विषयमा पहिले नै जानकारी भए पछि आफुहरुलाई बैशाख १२ गतेसम्म बजार लगाउन दिएको र बैशाख १२ गते पछि अर्को निर्णय पश्चातमात्र भाडादरको विषयमा निर्णय हुने स्कूलका प्र।अ। तथा व्यवस्थापन समितिका अध्यक्षले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार