Saturday 20th of April 2024

चैत ३ देखि चौथो बर्दिबास महोत्सव

0 Shares

विजय कुमार सिंह

बर्दिबास / महोत्तरीको बर्दिबासमा चौथो महोत्सव हुने भएको छ। आगामी चैत ३ गतेदेखि चौथो बर्दिबास महोत्सव हुन लागेको बर्दिबास उद्योग वाणिज्य संघले जनाएको छ।

व्यापार व्यवसाय, पर्यटन प्रवर्द्धन, कृषि उत्पादन र बजारीकरण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धारासायी बनेको वर्तमान अवस्थामा महोत्सव गर्न लागिएको हो।

‘उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रबर्द्धन गरौं’ भन्ने भावका साथ महोत्सव गर्न लागिएको संघका अध्यक्ष विष्णुबहादुर खड्काले बताए। महोत्सव चैत १३ गतेसम्म चल्ने छ।

कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरी समृद्ध र समुन्नत बर्दिबास निमार्ण गर्ने लक्ष्य लिएर आयोजना गर्न लागिएको महोत्सवलाई एक लाख जनाले अवलोकन गर्ने संघका महासचिव उत्तमकुमार श्रेष्ठले बताए।

‘महोत्सव परिसरमा १७० भन्दा बढी व्यापारिक स्टल रहने छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीय व्यवसायीलाई स्टलमा विशेष सहुलियत दिने हाम्रो योजना छ,’ महासचिव श्रेष्ठले भने।

महोत्सवमा ५५ लाख खर्च हुने र ६० लाख आम्दानी हुने अनुमान गरिएको उनले बताए।

प्रतिक्रिया