Sunday 16th of June 2024

गौशाला न.पा.११ स्थित जनता मा.वि.मा सरसफाई सम्पन्न

0 Shares

गौशालाः महोत्तरीको गौशाला न.पा.११ स्थित जनता मा.वि.मा आज सरसफाई गरिएको छ । गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोको अगुवाई र विद्यालयका कर्मचारीहरु तथा स्थानीय युवाहरुको संलग्नतामा सरसफाई गरिएको हो ।

नियमित सरसफाई प्रति सचेतना जगाउन सवैको सहभागितामा सरसफाई गरिएको जनता मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योग नारायण महतोले बताए । विगतका दिनहरुमा विद्यालयका संरक्षण र सर्वधन गर्न नसकेको कारण विद्यालय फोहरमय बन्दै गएको महतोको भनाई रहेको छ । फाल्गुन २ गते अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा चयन भए लगतै विद्यालयलाई सरसफाई गरी वालबालिकालाई सफा र सुन्दर वातावरणमा पठनपाठन गर्न वातावरण निमार्ण गर्न सबैको दायित्व आवश्यक रहेको महतोले बताए ।

महतोले बसन्तऋतु लागेसंगै गर्मीको प्रभावले विभिन्न किसिमको जिवजन्तु निस्कने भएको हँुदा प्रत्येक महिना स्थानीयहरुको भेला गराई सरसफाई कार्यक्रम निरन्तर राख्ने बताए र बैशाखदेखी निजि विद्यालय जस्तै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको पठनपाठन अनुभुति गराई निजी विद्यालयका वालबालिकालाई सामुदायिक विद्यालय आउने वातावरण निमार्ण गर्ने लक्ष्य रहेको नवनियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योग नारायण महतोले बताए ।
सो कार्यक्रममा गौशाला नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष मुकेश महतो, वडा नं. ११ का रामपृत महतो, स्थानिय व्यापारी, नागरिकसमाज, राजनितीकर्मी, संचारकर्मी सम्मिलित टोलीले झारु लिएर विद्यालयको आसपास क्षेत्रलाई सरसफाई गरिएको हो ।

प्रतिक्रिया