Thursday 20th of June 2024

गौशाला नगरपालिकाले राख्यो गिट्टी, बालुवा सप्लायर्सलाई कालोसूचीमा

0 Shares

महोत्तरीको गौशाला नगरपालिकाले खोला ठेक्का लिई बद्मासी गर्ने गिट्टी, बालुवा सप्लायर्सलाई तीन वर्षको लागि कालोसूचीमा राखेको छ ।
बर्दिबास नगरपालिका–९ स्थित श्री पञ्चधुरा माई सप्लायर्सलाई नगरपालिकाले तीन वर्षको लागि कालो सूचीमा राख्ने निर्णय भएको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए ।

नगरपालिकाको आन्तरिक आय सङ्कलनमा मुद्दा हालि आर्थिक नोक्सानी पु¥याएकोले सो सप्लायर्सलाई तीनवर्षको लागि कालोसूचीमा राखिएको उनले बताए ।

खोला ठेक्का बन्दोबस्तको प्रक्रिया अनुसार छनौट भएकोमा सम्झौताका लागि पत्राचार समेत गरिँदा सम्झौता नगरी उल्टै उक्त सप्लायर्सबाट उच्च अदालत जनकपुरमा नगरपालिकामाथि मुद्दा हालेको थियो ।

नगरपालिका स्रोतका अनुसार आर्थिक वर्ष २०७७र०७८ मा गौशाला नगरपालिकास्थित मरहा खोला र बाँके खोलाको खोला ठेक्का बन्दोबस्तको प्रक्रिया अनुसार उक्त फर्म छनौट भएको थियो ।

ठेक्का नं GAU/NCB/GOODS/1-2078/089(GAU/NCB/GOODS/3-2078/089 मा छनौट भई सम्झौताका लागि पत्राचार गरिएकोमा सम्झौता नगरी उल्टै नगरपालिकामाथि मुद्दा हालेको श्रोतले बतायो ।

‘मुख्यत ठेक्का नलागोस् भन्ने उनीहरुको मनसाय थियो । खोला ठेक्का नलिने अनि अवैध उत्खनन् गरेर गिट्टी बालुवा बेच्नेरेडियो रुपान्तरणको संचारकर्मीसंग कुराकानी गर्दै मेयर महतोले भने, ‘नगरपालिकाको कर छलि गर्ने मानसिकता बोकेकाहरुलाई निरुतसाहित गर्ने अभियानको सुरुवात गरेका हौं ।’

उक्त सप्लायर्सका कारण गौशाला नगरपालिकालाई अढाई करोड रुपैया घाटा भएको मेयर महतोले बताए ।

प्रतिक्रिया