Sunday 16th of June 2024

बर्दिवास खोनपानीमा ठकुरीको प्यानल विजयी

0 Shares

बर्दिबास / महोत्तरीको बर्दिवासस्थित बर्दिवास साना सहरी तथा खानेपानी उपभोक्ता संस्थामा डमरु छापको प्यानलै निर्वाचित भएका छन् । संस्थाको अध्यक्षमा भुलन बहादुर सेन ठकुरी विजयी भएका हुन् ।

फाल्गुण १४ गते सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनबाट संस्थाको अध्यक्ष पदमा भुलन बहादुर सेन ठकुरी १ हजार ३६९ मतसहित निर्वाचित भएको निर्वाचन समितिका संयोजक सन्देश अधिकारीले जानकारी दिए ।

बर्दिबास खानेपानीको नवनिर्वाचित अध्यक्ष भुलनबहादुर सेन ठकुरी

ठकुरीले आफ्ना निकटतम प्रतिस्पर्धी पुतली छापका चुडामणि पोखरेल (ऋषि) लाई १६८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै, अध्यक्ष पदका माछा छापका उम्मेदवार निरोज अधिकारीले ५२३ मत प्राप्त गर्दा कैंची छापका देवनारायण महतोले २१५ मत प्राप्त गरे । अध्यक्ष पदकै अर्का उम्मेदवार गुलाबको फुल छापका भोजराज भट्टराई (पुरुषेत्तम) ४२ मतमै सिमित भए ।

यस्तै उपाध्यक्षमा राजेन्द्र विक्रम थापा १ हजार ३२७, सचिवमा उदय बहादुर भण्डारी (विष्णु) १ हजार ३६४ र कोषाध्यक्ष पदमा भोजप्रसाद फुयाँल (शंकर) १ हजार १२४ मत ल्याएर विजयी भएका छन् । सदस्यहरुमा खुबबहादुर बरुवाल (गोपाल) १ हजार २७१ मत प्राप्त गरेका छन् भने केशवप्रसाद घिमिरे १ हजार २३४ मत ल्याएर निर्वाचित भएका हुन् ।

यस्तै महिला सदस्यहरुमा रिंकुकुमारी साह १ हजार २२८, हेमकुमारी थापा (सिता) १ हजार २१४ र बिमाई तामाङले १ हजार १२५ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको आजको द पब्लिक टुडे पत्रिकामा समाचार छ । द पब्लिक टुडे

प्रतिक्रिया