भारतमा भ्रष्टाचार गरेकाे आरोपमा उपमुख्यमन्त्री मनिष पक्राउ

एजेन्सी / भारतको राजधानी नयाँ दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् ।

मदिरा घोटाला प्रकरणमा सीबीआईले उनलाई आइतबार राति पक्राउ गरेको हो । मदिरा सम्बन्धि नीति संशोधन गरी ठूलो रकम घोटाला गरेको आरोपमा छानविन गरिरहेको सीबीआईकाे मुख्यालयमा बयानका लागि पुगेका सिसोदियालाई त्यहींबाट पक्राउ गरिएको हो ।

आइतबार दिनभर सोधपुछ गरेपछि साँझ पक्राउ गरी सीबीआईकाे मुख्यालयमै राखिएको थियो । उनीमाथि भ्रष्टाचार सम्बन्धि प्रमाण नष्ट गर्न खोजेको आरोप समेत लगाइएको छ । उनलाई साेमबार अदालतमा उपस्थित गराइने जनाइएको छ ।

गत वर्ष दिल्लीभित्रको मदिरा कारोबार सम्पूर्ण रुपमा निजी क्षेत्रलाई दिने निर्णय सिसोदियाले सम्हालेको मन्त्रालयले गरेको थियो । जसका कारण सरकारलाई ठूलो राजस्व घाटा भएको छ ।

सिसोदियाको गिरफ्तारीले आम आदमी पार्टीलाई झड्का लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार