Wednesday 15th of January 2025

गौशाला विद्युत प्रावधिकरणको लापर्वाहीको कारण मोटरसाईकल दुर्घटना हुदा तिन जना घाईते (भिडियो सहित)

0 Shares

गौशाला – महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ मा रहेको बिरेन्द्र बजार (शुक्रबजार)मा बिजुलीको तारमा अल्झेर दुर्घटना हुदा ना. ५६ प. १२६४ नम्बरको पल्सर मोटरसाइकलमा सवार तिन युवक घाईते भएको हो ।

हिजो विहान आएको अविरल हावाहुरीको कारण विजुलीको तार रोडमै खसेको र मोटरसाईकल तारमा अल्झेको कारणले दुर्घटना भएको हो । तार झरेको २४ औं घण्टा विति सक्दा पनि गौशाला विद्युत प्रावधिकरणले तारको व्यवस्थापन र लापर्वाहीको कारण दुर्घटना भएको स्थानी बताउँछन् ।

तिनै जना जयन्तीमा धननारायणटोलमा आएको र जयन्ती घर फर्किने बेलामा दुर्घना भएको स्थानीय राजन यादवले बताए । घाईते हुनेमा सर्लाहीको कबिलासी नगरपालिका वडा नं. १० सलेमपुर बस्ने अन्दाजी २५ वर्षको रबिराज श्रेष्ठ, २४ वर्षको अनिष दास, सुरज श्रेष्ठ घाईते भएको हो ।

घाईते तिनै जनालाई गौशाला नगरपालिका वडा नं. ११ मा रहेको अंजनी किल्नीकमा उचार हुननसक्दा थप उपचारको लागी बर्दिवासको शुभस्वतिक हस्पिटलमा पठाईएको गौाशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्याँलले जानकारी दिए ।

प्रतिक्रिया