रुपान्तरण होली महोत्सव कार्यक्रम सम्पन्न ।।

धनवीर महतो
महोत्तरी / महोत्तरीको गौशालामा रुपान्तरण होली महोत्सव कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । घैला बजारमा एक भव्य समारोहकाबीच सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न टोलीहरुले जोगिरा (होरीको लोकगीत) गाउनुको साथै सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।


प्रथम भए कालिपुर टिम
विभिन्न ८ वटा टिमहरु सहभागी रहेको सो प्रतियोगितामा गौशाला ११ का कालिपुर टिम प्रथम भएका थिए । त्यस्तै दोस्रो स्थान गौशाला १० का वटौवा टिम र तेस्रो स्थान गौशाला ३ का नवराजपुर टिम भएका थिए । विजेताहरुलाई प्रमाणपत्र र नगद पुरुस्कार वितरण गरेका थिए ।


सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्छ : वक्ताहरु
कार्यक्रममा सहभागी वक्ताहरुले मिथिलाको सांस्कृतिक धरोहर, सांगितीक सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । गौशाला नगरपालिकाका पूर्व मेयर शिवनाथ महतोले यस्ता सांस्कृतिक धरोहरलाई पूतान्तरण गर्नुपर्ने आवश्यक रहेको धारणा राखेका छन् । सरोकारवाला निकायले यस्ता सम्पदालाई संरक्षणका निम्ति सकारात्मक कदम उठाएर अगाडि बढे मात्र हाम्रा सांस्कृतिक धरोहरहरुको रक्षार्थ हुने बताएका छन् ।


कार्यक्रमकाबीच गौशाला नगरपालिकाका मेयर डा दिपेन्द्र महतोले होरैया गीतलाई क्रमिक रुपमा युवालाई हस्तान्तरण गरे लागुऔषधजस्ता क्ुलतबाट युवाहरुलाई बचाउन सकिने धारणा राखेका छन् ।

सायद ३ जना मानिसहरू  र उभिएका मानिसहरू को फोटो हुनसक्छ मेयर महतोले नगरपालिकाले युवा लक्षित कार्यक्रममा हरेक युवाहरु जोडेर अगाडि बढने प्रतिवद्धता जनाएका छन् ।

सायद ८ जना मानिसहरू, उभिएका मानिसहरू  र घरबाहिर को फोटो हुनसक्छ

सायद ६ जना मानिसहरू  र उभिएका मानिसहरू को फोटो हुनसक्छ

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार