Wednesday 15th of January 2025

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो

0 Shares

 एजेन्सी / इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ। आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको ज्यान गएको छ । घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।

unn.prixa.net

घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरुको शरीरका विभिन्न भाग जलेको छ । इन्धन भण्डारण डिपोमा हिजो बेलुका लागेको आगो नजिकै रहेको आवास क्षेत्रमा फैलिएको थियो । आगलागी फैलिन थालेपछि आवास क्षेत्रमा रहेका मानिसलाई तत्काल घर बाहिर निकालिएको थियो।

पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको हुनसक्ने सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ । वर्षासँगै परेको चट्याङका कारण आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ । इन्डोनेसिया सरकारले घाइतेको उद्धार र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया