Saturday 15th of June 2024

गौशाला नगरपालिकामा मनाए ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

0 Shares

गौशाला: महोत्तरीको गौशाला नगरपालिकामा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । लैङ्किक समानताको बलियो अधिकार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको बिस्तार मुल नाराका साथ यो दिवस मनाएको छ ।
प्रत्येक वर्ष फाल्गुन २४ गते नारी दिवस मनाउनु पर्ने भएकोले यस पटक भन्ने २४ गते तराई होली पर्न गएकोले फाल्गुन २२ गते नै सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक अस्मिता शर्माले बताईन ।
महिला दिवसको अवसरमा सोमबार गौशाला नगरपालिकामा भएको कार्यक्रममा महिला अधिकारकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, महिला संजालका सदस्यहरु, स्वंमसेविका र भानुभक्त बोर्डिङ स्कुलका बालवालिकाहरुले महिला हिंसा सम्बन्धि विभिन्न जनचेतनामूलक नाटक, गीतसंगीतको माध्यमबाट महिला प्रति भएको हिंसाको बारेमा प्रस्तुति दिएका थिए ।
सोही कार्याक्रमको विशिष्ट अतिथि भु.पू. उपमेयर आशा लामाले नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध सडकमा आन्दोलन गरेको बताईन र त्यस आन्दोलन धेरैले ज्यानको आहुति दिएको लामाले बताईन । राज्यले ३३ प्रतिशत महिलालाई अधिकार दिए पनि व्यवहारमा भन्ने लागु हुन नसकेको ज्वलन्त उदाहरणहरु प्रयाप्त भएकोले राज्यले यसलाई व्यवहारमा लागु गर्न जोड दिएकी थिईन ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी नगर उपप्रमुख रेनु महतोले महिलाको दुश्मन महिला नै भएको बताई । गर्भमा बालिका भएको खबर सुन्न साथ भ्रुण हत्या गर्न रतिभर पछि नहटि भ्रुण हत्या गरेको सबैमा सर्वादित नै रहेको बताईन । त्यसैले अहिले छोरा भन्दा छोरी कम नरहेकोले त्यस्ता गलत मानसिकता हटाई छोरीलाई छोरा सरह लालन पोषण गर्नमा जोड दिइकि थिईन । महिला अहिले  देखी राष्ट्रपति,मंन्त्री,पाईलट,उपमेयर, जस्ता धेरै पदहरुमा पुगी देश र समाजलाई सेवा गरिरहेकी ज्वलन्त उदाहरणहरु विगविगी रहेकोले आफ्नो अधिकारको लागी अघि बढन समेत जोड दिइकीथिईन ।

गौशाला नगरपालिकाको उपप्रमुख रेनु महतोको अध्यक्षतामा कार्यक्रम सम्पन भएको छ ।

 

 

 

प्रतिक्रिया