Friday 14th of June 2024

गौशाला बजारमा एक मोबाईल पसलमा आगलगी हुँदा लाखौंको क्षति

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकाको पुरानो सिनेमा हौल चौकमा राती आगलगी भएको छ । गौशाला नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३०को देबेन्द्र साहको आरोही मोबाईल सेन्टरमा राती ९ः१५ बजे आगलगी हुँदा पसलको सम्पूर्ण समान जलेर नष्ट भएको छ ।

र्र्इलाका प्रहरी कार्यालय गौशालाको प्रहरीटोली र स्थानीयबासिहरुले आगोलाई नियन्त्रणमा लिएका थिए। आगलगीबाट मानवीय क्षति नभए पनी पसलमा अन्दाजी २० लाख बराबरको सरसामानहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए । आगलगी विद्युतको सर्टसर्किटबाट भएको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया