Friday 14th of June 2024

देश बिकासमा युवाको आबश्यक्ता र भुमिका

0 Shares

मनोज महतो

बर्दिबास / महोत्तरी

विकासको मूल प्रवाहमा जवसम्म युवालाई प्रत्यक्ष रुपमा सहभागी गराउदैन् तवसम्म मुलुकले समृद्धिको दिशामा लम्किन सकिदैन् ।
देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता चौतर्फी परिवर्तन अनि रूपान्तरणका अग्रदूत नै युवा नै हो । तर नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका युवालाई परिचालन गर्ने राज्यको स्पष्ट कार्यनीति र कार्यक्रमको अभाव रहेको छ ।
जसले गर्दा भविष्यका कर्णधार मानिने युवाहरु वाध्यतावश वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक जानुपर्ने विवशता रहेको छ । यता देशमै रोजगार नपाई फुर्सदमा रहेको युवापिढीहरु संगतमा परेर लागु औषधको दुव्र्यसयनीको शिकार बन्दै गएको छ ।
हरेक तवरले परिवर्तनका लागि मुख्य भूमिका निर्वाह गर्ने युवालाई सर्वाङ्गिण विकासका निम्ति राज्यले जिम्मेवार दिन सकेको छैन् । राज्यले युवा शक्तिलाई रचनात्मक रूपमा राष्ट्र निर्माण एवं देश विकासमा लगाउन सके देशको मुहार अवश्य फेरिन्छ । देशको भबिष्य र विकासका सम्बाहक युवाहरुलाई राज्यद्वारा अपेक्षित गर्दै हुँदै आएको छ । कार्य क्षमता अनुसारको रोजगारको व्यवस्थापन गर्नका निम्ति राज्य चुकेका छन् । जसले गर्दा युवाहरु परिवारिक र आर्थिक संकट झेल्दाझेल्दै मानसिक तनाव र डिप्रेशनमा आई लागुऔषधजस्ता दुव्र्यवसयनको शिकार बन्न पुग्दछ ।
यदि परिवारको कुनै एकजना कुलतमा फस्यो भने समाजले उसलाई अर्कै दृष्टिले हेर्छ । उनको सिङ्गै परिवारमा अनावश्यक तनाव पैदा हुन्छ । गाउँमा कुनै घटना भयो भने सबैभन्दा पहिले दुव्र्यसनीकै परिवारमाथि शंका गर्ने गर्दछ । ‘एकजनाको कारणले गर्दा पुरै परिवारल नै तनावमा पर्छन् । पछि परिवारै बिखर्ने जोखिमपुर्ण अबस्थामा पुग्न बेर लाग्दैन ।
पछिल्लो समयमा लागूऔषधसहित मान्छे पक्राउ नपर्ने कुनै दिन छैन् । दैनिक सरदर तीनजना लागूऔषध ओसारपसार, बिक्रीवितरण र सेवनमा पक्राउ पर्ने गरेको प्रहरी स्रोतको भनाई रहेको छ । नेपाल–भारत खुल्ला सीमाको कारण लागुऔषध कारोबार र सेवन गर्नेको संख्या बढेको देखिन्छ । सीमापारिबाट लागुपदार्थ ल्याएर कारोबार र सेवन गर्ने र गराउने प्रवृत्तिका कारण तराई–मधेशमा लागुऔषध प्रयोगकर्ताको संख्या वढदै गएको छ । यसरी अप्रत्याशित रुपले बढदै गएको सडक दुर्घटना, चोरी, लुटपाट, घरेलु हिंसा, बलात्कार, अपहरण जस्ता घटना पनि दिनानुदिन बढदै गई रहेको छ । बढिरहेको लागुऔषध ओसारपसार, बेचबिखन र दुव्र्यवसनी नियन्त्रण गर्न गम्भीरतापूर्वक सम्बन्धित सबै पक्ष मिलेर नलागेसम्म सम्भव छैन् । यसका लागि तीनै तहका सरकारदेखि सरोकारवाला निकाय, विभिन्न संघ–संस्था र समाजका अगुवा कार्यकर्ताहरुलाई समेटेर सशक्त अभियान नै चलाउनुपर्ने आवश्यक देखिन्छ ।

 

 

प्रतिक्रिया