नेहा चौधरीको दाईजो प्रकरणमा संलग्न थप एक जना पक्राउ ॥

धनवीर महतो
महोत्तरी / महोत्तरी प्रहरीले नेहा चौधरीको दाईजो प्रकरणमा संलग्न थप एक जनालाई पक्राउ गरिएको छ । लामो समयदेखि फरार रहदै आएको सोही मुद्दाका एक प्रतिबादीलाई महोत्तरी प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर न.पा.वडा न ४ घर भएका ६० बर्षिय राम प्रवेश चौधरीलाई प्रहरीले पक्राउ गरि दाईजो सम्बन्धी कसुरको लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाईएको छ । पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत महोत्तरीमा पठाएको महोत्तरी प्रहरीले जनाएको छ ।
आईतबार दिउँसोको मनरा सिस्वा नगरपालिका वडा नं. २ कट्टी गाउँस्थित दशगजा क्षेत्रबाट प्रतिवादी चौधरीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना भएयता चौधरी त्यसक्षेत्रमा लुकिछिपि बस्दै आएको गोप्य सुचनाको आधारमा खोजविन गर्दा प्रहरीको टोलीले उनलाई पक्राउ गरिएको हो ।
यस्तो छ घटना
महोत्तरी औरही माईती भएकी नेहा चौधरीको २०७८ साल फागुन २५ गतेका समाजिक परम्पराअन्ुसार रामगोपालपुर नगरपालिका ५ घर भएका डा. पंकज चौधरीसँग विवाह भएको थियो । ५१ लाख नगद, २० तोला सुन, ३० तोला चाँदी, टिभी, फ्रिज , वासिंग मेसिन लगायतका अन्य विलासी सरसमानहरु दाईजोस्वरुप विवाहको समयमा दिएको नेहाका वुवा सुरेश चौधरीले बताए । विवाह भएपश्चात थप दाईजोको माग गर्दै नवविवाहिता नेहासँग ससुरालीपक्षले वारम्बार मानसिक तथा शारिरीक रुपमा तनाव दिदै आएको थियो ।
प्रतिवादी लगायत ससुरालीपक्षका व्यक्तिहरुले बिवाह भएपश्चात माईतीबाट थप दाईजो ल्याउनका लागि आफुलाई शारीरिक तथा मानसिक रुपमा यातना दिदै आएको नेहाले अदालतमा दायर गरेको रिटमा उल्लेख रहेको छ ।
गत असोज २० गतेका दिन नेहालाई ससुरालीपक्षले कुटपिट गरेपछि सो रहस्य माईतीपक्षले थाहा पाएका थिए । त्यसपश्चात माईतीपक्षले नेहाका ससुरालीपक्षसँग छलफल गरेतापनि चितवुझदो निष्कर्ष ननिस्केपछि नेहाले कानुनको लडाई लड्ने निधो गरेकी थिईन् । नगरपालिकाको न्यायिक समिति हुँदै महिलाअधिकारकर्मीको पहलले निसाफ नपाएपछि अन्ततः नेहाले न्यायको लागि अदालतको ढोका ढकढक्काउन पुगेकी ह्ुन् । श्रीमान् लगायत प्रतिवादी बनाएर नेहाले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले उनका श्रीमान् पंकज चौधरीलाई तत्कालै पक्राउ गरि कानुनअनुसारको कारवाही प्रक्रिया अगाडि बढाईएको थियो ।
लभ म्यारिज लोभमा परिणत भएपछि
लामो समयदेखि प्रेम वन्धनमा वाँधिएकी नेहा चौधरी र डा पंकज चौधरी अन्नतः समाजिक परम्पराअनुसार वैवाहिक सम्बन्ध स्थापित गरिएको थियो । प्रेम गरेर विवाह गरिएतापनि उनीहरुको वैवाहिक यात्रा लामो समयसम्म टिक्न सकेन् । ६ महिनाकै अवधिमा उनीहरु सम्बन्ध विच्छेद गर्न राजी भए ।
तीन वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहा चौधरीको महोत्तरीकै रामगोपालपुर नगरपालिका- ५ का डा. पंकज चौधरीसँग भेट भयो  । डा. पंकज ग्रान्डी अस्पतालका जागिर गर्थे । सामाजिक सञ्जालमार्फत उनीहरू अझ नजिकिए । प्रेम सम्बन्ध स्थापित भएको दुवै जनाको परिवारकै सल्लाह र अनुमतिमा ६ फागुन ०७७ मा इन्गेजमेन्ट भएको थियो  । त्यसको एक वर्षपछि २५ फागुन ०७८ मा जनकपुरको एक होटेलमा धुमधामसँग विवाह भयो  । विवाहको दुई महिनासम्म राम्रो थियो । त्यसपछि भने पंकजको परिवारले नेहालाई मानसिक र शारिरीक रुपमा तनाव दिन थालेको नेहाले संचारकर्मीसमक्ष बताईन् । श्रीमान् श्रीमतीविचमा वारम्बार खटपट हुन थाल्यो । पंकजले नेहालाई घरेलु हिंसा गर्न थाले । जव हिंसा उग्ररुप लिएपछि नेहाले जाहेरी दिन महोत्तरी जलेश्वरस्थित प्रहरी कार्यालय पुगिन् । प्रहरीले पंकजलाई पक्राउ गर्‍यो । त्यसपछि दुवैलाई सम्झाई-बुझाई धरौटीमा छाडिदियो  ।
तर, पछि नेहामाथिको यातना झन् बढ्न थाल्यो । हुँदाहुँदा पंकजले नेहालाई कुटपिट गरी घरबाटै निकालिदिए  । गत २५ कात्तिकमा नेहाले फेसबुकमार्फत आफूमाथि भएको घरेलु हिंसाको घटना सार्वजनिक गरिन् । नेहाले जिल्ला अदालत महोत्तरीमा मुद्दा हालेकी छिन् । उनको मुद्दा अदालतमा दर्ता भइसकेको छ ।
यता पंकजले श्रीमतीबाट अन्याय गरेको खवर ग्रान्डी अस्पतालले थाहा पाएपछि पंकजलाई कारवाहीस्वरुप जागिरबाट बर्खास्त गरेका छन ।
यता महोत्तरी जिल्ला अदालतको पुष २२ गतेको चलानी नम्बर ७५४९ को पत्रको आदेशअनुसार प्रतिबादी पंकज चौधरी पुर्पक्षको लागि हाल जिल्ला कारागार जलेश्वरमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार