Saturday 15th of June 2024

उपराष्ट्रपतिमा राम सहाय यादवलाई सघाउन प्रमिलाले गरिन् उम्मेवारी निष्क्रिय

0 Shares

काठमाडौं : उपराष्ट्रपतिमा उम्मेदवार दिएकी जनता समाजवादी पार्टीको प्रमिला कुमारी यादवले आफ्नो उम्‍मेदवारी निष्क्रिय बनाउने घोषणा गरेकी छन्।

जसपाबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका राम सहायक यादवलाई समर्थन गर्दै प्रमिलाले उम्मेदवारी निष्क्रिय पारेकी हुन्।

उनले विज्ञप्ति जारी गर्दै  प्राविधिकरूपमा आफ्‍नो नाम उम्मेदवारीको सूचीमा रहन गएको भएता पनि प्रतिद्धताका साथ आफू यादवलाई समर्थन गर्ने बताएकी छन्।

आइतबार निर्धारित समयमा उम्मेदवारी फिर्ता गराउने जसपाको तयारी भएपनि प्रमिलाले फिर्ता लिएकी  थिइनन्।

उनले पार्टीको निर्देशनमा उम्‍मेवारी दर्ता गराएकी थिइन्।

 

null

 

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावलीमा चारैजनाको नाम प्रकाशन गरेको थियो।

अब उपराष्ट्रपति निर्वाचनका लागि ३ जना प्रतिष्प्रधामा छन्।

नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाबाट राम सहाय यादव र जनमतबाट ममता झबीच प्रतिस्प्रधा हुनेछ।

प्रतिक्रिया