फेरी तीन ओटा गीट्टी,बालुवा क्रसर उद्योग कारवाहीको प्रक्रिया ः गौशाला नगरपालिका

फाईल फोटो

महोत्तरीको गौशाला नगरपालिकामा  राजश्व नबुझाउने तीन गीट्टी,बालुवा क्रसर उद्योगलाई गौशाला नगरपालिकाले कारवाहीको पक्रिया अगाडी सारेको छ । गौशाला नगरपालिकामा संचालित सिद्धार्थ क्रसर उद्योग, एभरेष्ट क्रसर उद्योग र जयहन्ुमान क्रसर उद्योगलाई नगरपालिकाको कार्यालयले कारवाहीको प्रक्रियामा राखेको हो ।
उक्त क्रसर उद्योगहरु लामो समयदेखि नगरपालिकाको राजश्व शाखामा राजश्व नबुझाएको, मापदण्डविपरीत संचालनमा रहेको र ईजाजतपत्र तथा नविकरण नगराएको भन्दै नगरपालिकाले कारवाही प्रक्रिया अगाडि बढाईएको नगरप्रमुख डा दिपेन्द्र महतोले बताएका छन् । उनीहरुलाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइएकोले तत्काल सो क्रसर उद्योग कुनै पनि हालतमा क्रसर नदीजन्य पदार्थको उत्पादन वा वितरण गर्न नपाईने नगरप्रमुख डा महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार