
गौशाला: महोत्तरीको गौशाला नगरपालिकामा मिटर ब्याजीले पैसा नतिरेको भन्दै एक व्यक्तिलाई निर्घात रुपमा कुटपिट गरेको छ । वडा नं. ७ मनहर्वाका भोला सहनीलाई सोनमा गाँउपालिका ७ का सुन्दरपुरका रविन्द्र वैठाले कुटपिट गरेका हुन् ।
गएराति खेतमा गएको समयमा रविन्द्र वैठा नेतृत्वको समुहले सहनीलाई निर्घात रुपमा कुटपिट गरिएको तथ्य सार्वजानिक भएको हो । गम्भीर घाईते अवस्थामा रहेको सहनीको गौशालास्थित प्राथामिक उपचार केन्द्रमा उपचार भईरहेको छ ।
घाईतेका छोरा भने, ‘रातिको समयमा वुवा एक्लै भएको मौका छोपी ७ जनाको समुहमा आएको रविन्द्र बैठाले कुटपिट गरिएको हो । राती १२ बजे खेतमा गई भोला सहनीलाई हातखुट्टा, मुख बाँधी निर्धात कुटपिट गरेको छ । कुटपिटबाट घाईते भएका सहनी बेहोस भएको थियो । पछि ती समुहले वुवाले लगाएको धोती घिच्चरोमा लगाई पासो लगाउन खोजेको थियो । पछि ट्रयाक्टरको आवाज तथा लाईट हेर्न साथ बेहोस भएका सहनीलाई खेतमै छाडेर ती समुह फरार भएका थिए । पछि घरपरिवारले स्थानीयहरुको सहायताले खेतमा बेहोस अवस्थामा रहेको सहनीलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा ल्याएको छ ।’
ऋणको रकम फिर्ता माग्न वारम्बार दवाव
सोनमा गाँउपालिका ७ बस्ने सुन्दरपुर घर भएका रविन्द्र बैठा धोवीले पैसा माग्नका लागि यसभन्दा अगाडि पनि वारम्बार मानसिक रुपमा दवाव दिदै आएको थियो । खेतको किताकाँट नहुँदा खेत वेचेपछि मात्र पैसा दिने भन्दा पनि वैठाले जर्वजस्ती कुटपिटमा उत्रिएका हुन् ।
सैकडाको ३ रुपैयामा एक लाख पच्चास हजार दिएको पैसाको पाँच वर्ष वित्दा घरमा पटक पटक पैसा नदिए उठाएर लैजाने जस्ता अनेकौ किसिमको धाकधम्की दिई डराई धम्काई रहेको निज घाईतेका छोराले बताए ।
अहिले पैसा छैन, रकम अनुसारको जग्गा दिन्छु भन्दा पनि रविन्द्रले सो प्रस्ताव अस्विकार गरेको पिडितका परिवारले बताएका छन् । रविन्द्रले मैले पैसा दिएछु पैसा नै चाहियो अडिग कस्दा उनलाई समयमा पैसा तिर्न नसकेको पिडित परिवारले स्वीकार गरेका छन् ।
घाईते सहनीलाई ढाँडमा अधिक चोटपटक लागेको कारण बस्न समेत सकस भएको पिडित सहनीले बताए । उनको उपचार भईरहेको छ ।
यस सम्बन्धमा पिडितका परिवारले दायर गरेको उजु्रीको आधारमा प्रहरीले रविन्द्र बैठालाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अन्ुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए ।
प्रतिक्रिया