नेपालमै पत्ता लाग्यो नील गाई र बाँदरबाट बाली जोगाउने उत्तम उपाय, के हो त्यो प्रविधि ? कसरी प्रयोग गर्ने ?

नेपालका विभिन्न स्थानमा जङ्गली जनावरले किसानहरूलाई निकै दुःख दिएको र बालीनाली नोक्सान गरेर आजित पारेको खबर दिनहुँ आइरहन्छन् । यस अवस्थामा अब जङ्गली जनावरलाई मार्ने (?) कि अन्यत्रै सार्ने भन्ने बहस पनि बेला बेला चलिरहन्छ ।

यस समस्या पहिचान गर्न गाउँ र नगरपालिकामा बजेटसमेत छुट्याइएको छ । तर कुनै पनि उपाय किसानका लागि वरदान साबि

किसानको अन्नबालीमा नोक्सान पु¥याउँदै आएको नीलगाई र बाँदर धपाउने उत्तम उपाय नेपालमै पत्ता लागेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसन्धानकर्ता वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाहाले खेतबारीमा जङ्गली जनावरहरू नीलगाई र बाँदरबाट सुरक्षा प्रदान गर्ने नयाँ रसायन पत्ता लगाएका हुन् ।

उनले तीन वर्षको लामो अनुसन्धानबाट नीलगाई र बाँदर धपाउन एउटा विशेष प्रकारको रसायन ‘ट्राई मेथाइल अमिन’ प्रयोग गर्न सकिने पत्ता लगाएको बताएका छन् । आज हामी उक्त प्रविधि पत्ता लगाउने नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय बाली तथा अनुवाशिंक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत डा.उज्जवल कुमार सिंह कुशवाहासँग थप कुराकानी गछौं ।

तपाईँले नीलगाई र बाँदरबाट बाली जोगाउन सकिने नयाँ उत्तम उपाय नेपालमै पत्ता लगाउनु भयो  रे ? अब हजुरले पत्ता लगाउनु भएको प्रविधि कै बारेमा जानकारी लिन चाहे । हजुरले पत्ता लगाउनु भएको प्रविधिको बारे प्रस्ट्याई दिनु न ।

मैले पत्ता लगाएको उपाय किसानको अन्नबालीमा नोक्सान पु¥याउँदै आएको नीलगाई र बाँदर धपाउन मद्दत गर्छ । करिब ३ वर्ष लामो अनुसन्धानबाट खेतबारीमा जङ्गली जनावरहरू नीलगाई र बाँदरबाट सुरक्षा प्रदान गर्ने नयाँ रसायन पत्ता लगाएका हुँ ।

एउटा रसायन ‘ट्राई मेथाइल अमिन’ प्रयोगबाट नीलगाई र बाँदर धपाउन सकिन्छ । यो रसायनलाई हालसम्म झारनाशक विषादी बनाउन, विभिन्न किसिमका रंगाउने पदार्थ बनाउन, कोलिन रसायन उत्पादन गर्न र बोटबिरुवा विकासका लागि विभिन्न हर्मोन बनाउन प्रयोग गरिँदै आएको छ । ‘ट्राई मेथाइल अमिन’ एउटा अत्यन्तै शक्तिशाली गन्धयुक्त पदार्थ हो ।

यसको गन्ध कुहेको माछा र अमोनिया ग्यासझैँ कडा हुने गर्छ । असुहाउँदो तीव्र गन्धका कारण नीलगाई र बाँदरलगायतका जङ्गली जनावरहरू दिगभ्रमित भई बालीनाली छाडेर भाग्ने गर्छ र यसले बाली सुरक्षित हुन्छ । ट्राई मेथाइल अमिनको प्रयोगले करिब ९० प्रतिशत केसमा नीलगाई भागेको तथा बाँदर भगाउन ९५ प्रतिशत प्रभावकारी पाइएको छ ।

साथै, जङ्गली बँदेल भगाउन पनि करिब ५० प्रतिशत प्रभावकारी देखिएको छ । यो रसायनलाई केही दिनको अन्तरालमा तीन–चार चोटिको प्रयोगले नीलगाई र बाँदरले लामो समयसम्म खेतबारीमा नोक्सान नगरेको पनि देखिएको छ । केही किसानले उक्त रसायन प्रयोग गर्दा हरिणले पनि बाली नोक्सान नगरेको बताएका छन् ।

यो रसायनको प्रयोगले अरू जङ्गली जनावरहरूबाट पनि खेतबारीलाई सुरक्षित बनाउन सकिन्छ । नीलगाई, बाँदर र बँदेलबाहेक अरू जीवजन्तु वा जनावरमा यसको परीक्षण भने गरिएको छैन ।

तपाईँले यो उपाय कसरी पत्ता लगाउनु भयो ?

मेरो घर सर्लाहीको गोडौता नगरपालिका–५ मा हो । म विदेशमा पिएचडी सकेर गाउँ फर्किए पछि गाउँका किसानले नील गाईले बाली खाएर सखाप पार्यो भन्दै म कृषि क्षेत्रमै भएका कारण गुनासो गर्नु भयो । त्यसपछि नील गाई भगाउने उपाय सबै तिर अध्ययन गरे तर कतै पनि भरपर्दो उपाय पाइन । अनि सन् २०१९ देखि आफैले अनुसन्धान सुरु गरे ।

सन् २०१९ मा नै मैले ‘ट्राई मेथाइल अमिन’ रसायन पत्ता लगाए र भारतबाट पाँच लिटर ‘ट्राई मेथाइल अमिन’ ल्याएर विभिन्न ठाउँमा अनुसन्धान थाले । त्यसपछि किसानहरूले उक्त रसायनबाट नील गाईले बाली नखाएको बताए । त्यसपछि थप रसायन भारतबाट मगाएर काठमाडौँ, सुनसरी, सिन्धुपाल्चोक र सर्लाहिका किसानलाई बाँडियो ।

तराईमा नील गाई र अरू जिल्लाबाट बाँदर पनि भागेको कुरा किसानबाट आयो । त्यसपछि धेरै बाँदर पाइने किसानलाई यो रसायन बाँडे र सबै किसानबाट सकारात्मक प्रतिक्रिया आयो । अनुसन्धानको सफलतापछि भारतको किट विज्ञानसम्बन्धी अग्रणी जर्नल ‘इन्डियन जर्नल अफ इन्टोमोलोजी’मा जुन २०२२ मा यो विषयमा आर्टिकल प्रकाशित गरे । प्रतिष्ठित जर्नललाई ‘द एन्टोमोलोजिकल सोसाइटी अफ इन्डिया’ले सन् १९३९ देखि प्रकाशित गर्दै आएको छ ।

अघि कुरा गर्दै गर्दा भारतबाट केमिकल झिकाएर अनुसन्धान गरे भन्नु भयो । नेपालमा पाइँदैन‘ट्राई मेथाइल अमिन’ रसायन ?

यो रसायनलाई हालसम्म झारनाशक विषादी बनाउन, विभिन्न किसिमका रंगाउने पदार्थ बनाउन, कोलिन रसायन उत्पादन गर्न र बोटबिरुवा विकासका लागि विभिन्न हर्मोन बनाउन प्रयोग गरिँदै आएको छ । यो पहिलो पटक जङ्गली जनावर भगाउन प्रयोग गरेको हो । यो रसायन नेपालमा पाइँदैन । विदेशबाट नै मगाउनु पर्ने हुन्छ । विदेशमा सस्तै मूल्यमा पाइन्छ । प्रति लिटर लगभग अढाई सयदेखि ३ सय मूल्यमा पाइन्छ ।

त्यसो भए किसानले कहाँबाट किन्न सक्छन् ? 

यो रसायन किसानहरूले सजिलै किन्न पाउँछन् । अहिलेसम्म यो रसायनको बारेमा साखै कसैलाई पनि जानकारी थिएन तर अब बिस्तारै सबैले बुझ्दै छन् । यो केमिकल किन्न चाहनेले ल्याब (स्कुल, विश्वविद्यालय, कलेजको ल्याब) मा केमिकल सप्लाई गर्ने मानिसलाई भन्दा उनीहरूले सहजै ल्याइदिन्छन् । अर्को कुरा अनलाइन मार्केट ‘इन्डियन मार्ट’ बाट पनि फारम भरेर सहजै मगाउन सकिन्छ ।

त्यसो भए यो रसायन किसानले कसरी प्रयोग गर्ने ? यसको राम्रो विशेषता भनेकै यसलाई छर्न पर्दैन । ‘ट्राई मेथाइल अमिन’ को आधा लिटरको बोतल लिने अनि ३० देखि ४० एमएल एउटा सानो बोतलमा राख्ने । सानो बोतलमा राख्ने बित्तिकै चाँडो बिर्को लगाउनु पर्छ । नभए ग्यास सबै उड्छ । बिर्को बन्द गरेको सानो बोतल लिने र बाँदर, नीलगाईले क्षति गर्ने बालीको बिच भागमा २ इन्च जति सानो खाल्डो खन्ने र थोरै बोतल देखिने गरी पुर्ने । त्यसपछि सानो काँटी (किला) ले बिर्कोमा प्वाल

पार्ने । जसले गर्दा बिस्तारै ग्यास निस्केर हावामा फैलिन्छ । हावामा जहाँसम्म ग्यास फैलन्छ, सबै बालीलाई रक्षा गर्छ ।

बिर्कोमा प्वाल पारिसकेपछि ग्यास एकै पटक हावामा फैलँदैन ? अथवा कति समय ग्यास निस्किरहन्छ ? 

यो ग्यास बिस्तारै हावामा फैलिन्छ । १० डिग्री सेन्टिग्रेड उचाइमा ग्यास बन्छ । तातो भयो भने छिटो ग्यास हावामा फैलिन्छ । त्यही भएर जमिनमा गाड्न लगाइएको छ । अर्को कुरा पहाडमा हावा धेरै चल्ने हुँदा ग्यास छिटो फैली सक्छ र प्रभावकारी पनि कम हुन सक्छ भने हावा कम चल्ने ठाउँमा धेरै समयसम्म टिक्छ र प्रभावकारी रूपमा काम गर्छ ।

दैनिक प्रयोग गर्नु पर्छ कि ?

परीक्षणमा प्राप्त नतिजाअनुसार १५ मिलिलिटरजति रसायन एक ठाउँमा राख्दा करिब दुई रोपनी वर्गाकार खेतलाई १२ देखि १४ दिनसम्म सुरक्षा प्रदान गर्छ । यो प्रविधिको मुख्य विशेषता भनेको रसायनलाई अन्य विषादीजस्तै बोटबिरुवामा छर्नुपर्दैन, साथै यसको नकारात्मक प्रभाव हालसम्म बोटबिरुवामा देखिएको छैन ।

कुन कुन बालीमा यो रसायन प्रयोग गर्न सकिन्छ ?

यो जुन सुकै बालीमा पनि राख्न सकिन्छ । विभिन्न बालीहरू जस्तै, फूलकोभी, बन्दा, आलु, सखरखण्ड, गहुँ, धनियाँ, प्याज, खुर्सानी, भन्टा, मकै, हरियो मटर, उखु, तोरी, रहर र भिन्डीमा परीक्षण गरेको थिए । सबैमा परीक्षण सफल भयो । त्यसैले किसानले पनि जुनसुकै बालीमा प्रयोग गर्न सक्ने छन् । तर बाली अनुसार केमिकलको प्रभाव फरक पर्न जान्छ ।

उदाहरणको रूपमा धनियाँ बालीलाई लिन सकिन्छ । नील गाईलाई धनियाँ धेरै मन पर्छ । धनियाँ आफै धेरै बास्नादार बाली हो । त्यसमा धनियाँको बास्ना भन्दा यो रसायनको गन्ध बढि हुनु पर्छ । थोरै रसायन राख्दा काम नगर्न पनि सक्छ । त्यसैले पनि बाली अनुसार रसायनको मात्रामा भने फरक पर्न जान्छ ।

यो रसायनले मानव स्वास्थ्यमा चैँ कतिको असर गर्छ ? 

अन्य रासायनिक विषादीजस्तै यो रसायन पनि मानवमैत्री छैन । ट्राई मेथाइल अमिन मानिसले धेरै मात्रामा सुँघेमा टाउको दुख्ने, रिँगटा लाग्ने र एलर्जी हुने समस्या देखिन सक्छ । त्यस कारण यस्ता रसायनको प्रयोग गर्नु पूर्व विज्ञसँग सल्लाह लिनु आवश्यक हुन्छ । यो रसायन प्रयोग गरेर किसानलाई खेतमा जानुपर्दा सक्दो मास्क लगाएर जाँदा राम्रो हुन्छ ।

यो प्रविधिको बारेमा त धेरै कुरा थाहा पाइसक्यो । अब यो प्रविधि पत्ता लगाउन कसरी सम्भव भयो भन्ने कुरा मैले जान्न चाहे ?

म नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत छु । नार्कको राष्ट्रिय बाली प्रजनन् तथा आनुवाशिंक अनुसन्धान खुमलटारमा धानको क्षेत्रमा काम गर्छु । धानमा जति धेरै काम गरे पनि किसानलाई जंगली जनावरले सताइरहेको थियो । तर कुनै पनि निकायले किसानलाई प्राथमिकता दिएको पाइन । त्यसैले पनि म आफैले अध्ययन सुरु गरेको हो । अनुसन्धानमा ३ वर्ष पछि म सफल भए । यो रसायन प्रयोग गर्नेै सबै किसान खुसी छन् । अनुसन्धान आफैमा एउटा जटिल प्रक्रिया हो । लामो समयको अनुसन्धान पछि सफल भए म धेरै खुसी छु ।

यो प्रविधि पत्ता लगाउन अरू वैज्ञानिकको पनि सहयोग छ की ? 

यो नार्कको कार्यक्रम हैन । यो मेरो व्यक्तिगत अनुसन्धान हो । म नार्कको एक कर्मचारी मात्र हु । नार्कको पैसा यसमा लागेको छैन । मेरो नितान्त व्यक्तिगत अनुसन्धान हो ।

त्यसो भए अनुसन्धानको दौरान खर्च चैँ कति लाग्यो ? 

खर्च मेरो समय लागेको हो । लाखौँ रुपैयाँ खर्च गरेको छु । तर पैसा भन्दा मेरो लागि समय र उपलब्धि ठुलो हो । पहिला पनि धेरै अनुसन्धान गरिसकेको छु । आउने दिनमा पनि म यस्तो काम गरिरहन्छु । त्यतिकै बस्ने मान्छे म हैन । पैसाको कुरा नगरौँ । नार्कबाट पनि मलाई धेरै सहयोग छ । मेरो अफिसको हाकिमको पनि धेरै सहयोग छ । त्यसै कारणले त म यहाँसम्म आइपुगेको छ ।

अब यहाँले यति राम्रो प्रविधि पत्ता लगाउनु भएको छ । तर कुरा कन्दराका किसानलाई यो प्रविधि बारे कसरी जानकारी गराउने ?

जुन प्रविधि राम्रो, सस्तो र भरपर्दो हुन्छ । त्यसलाई प्रचार गर्न आवश्यक छैन । एक कान दुई काम मैदान हुन्छ । तपाईँहरू जस्तो प्रचार प्रसारमा मिडियाले सहयोग गरे छिटै किसान कहाँ यो उपाय पुग्छ भन्ने कुरामा म विश्वस्त छु ।

त हुन सकेको थिएन । र जङ्गली जनावरबाट बाली जोगाउन कसैले पनि उत्तम उपाय पत्ता लगाउन सकेको थिएन । तर अब किसानले नील गाई र बाँदरबाट बाली जोगाउन कुनै चिन्ता लिनु पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार