महोत्तरीको गौशाला नगरपालिकामा आई के.के.एफ कराते प्रतियोगिता वैशाखको अन्तिम सप्ताहमा हुने ।

गौशाला : महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ मा नेपाल आई के.के.एफ कराते संघ मधेश प्रदेश केन्द्र डोजो गौशाला, महोत्तरीद्वारा तेश्रो नेपाल फुल कन्ट्रयाक्ट ईन्टरनेशनल कराते प्रतियोगिता गौशाला नगरपालिकामा रहेको कवडहौलमा संचालन हुने नेपाल आई के.के.एफ कराते संघ, मधेश प्रदेशका अध्यक्ष संजीप चौधरीले जानकारी गराएका छन् ।

आज गौेशाला नगरपालिका वडा नं. २ मा संचालनमा रहेको रुपटप होटलमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी उक्त खेल यहि २०८० वैशाख महिना २९ गते देखी ३१ गते सम्म संचालन हुने र यस खेलमा नेपालबाट दुई सय जना खेलाडी र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँहरुबाट एक सय जना गरी जम्मा ३०० जना खेलाडीहरुलाई यस प्रतियोगितामा सहभागी गराईने चौधरीले जानकारी दिए ।
यस खेलमा सहभागी हुने खेलाडीहरुलाई बर्दिवास स्थित सुविधा सम्पन्न होटलमा बासको व्यवस्था मिलाउने चौधरीको लक्ष्य रहेको छ । कुलतमा फसेका युवाहरुलाई बढी भन्दा बढी खेलमा सहभागी गराई कुलतबाट बचाउन यस्तो खेलहरुको आयोजना आवश्यक रहेको र विगतको दिनहरुमा पनि गरी रहने चौधरीले प्रतिवद्धता जनाएको छ । यस नेपाल आई के.के.एफ कराते खेलमा अनुमानित पन्ध्रलाख रुपैया खर्च लाग्ने अनुमान रहेको छ ।

गौशाला नगरपालिकामा पहिलो पटक तेश्रो नेपाल फुल कन्ट्रयाक्ट ईन्टरनेशनल कराते प्रतियोगिता हुनु समाज र राष्ट्रको लागी नै राम्रो भएको र खेलले शाशरिरीक तथा मानसिकरुपले स्वस्थ बनाउनमा अहम भुमिका रहेकोले स्थानीय सरकारले यस्ता खेलहरुलाई प्रोत्सहन गरी कुलतमा फसेका युवाहरुलाई बचाउन स्थानीय सरकारको दायित्व रहेको  आई.के.के.एफका ब्रान्च चिफ शियान प्रेमनाथ श्रेष्ठले बताए ।

त्यस्तै आई के.के.एफ कराते प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई श्रेणी अनुसारको नगद पुरस्कार, मेडल र प्रमाण–पत्र समेत दिने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार