
सुनिता कुशवाहा
महोत्तरी / सुर्योदय वोमि लघुवित वितीय संस्थाको गौशाला शाखाले एकदिवसीय कुशन बनाउने तालिम सम्पन्न गरिएको छ । शनिवार गौशाला नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच आफना खाताधारीहरुलाई सो तालिम प्रदान गरिएको हो ।
गौशाला नगरपालिकाका उप मेयर रेणु महतोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर महतोले यस्ता तालिम दिएपछि महिलाहरुको मनोवल अझ उच्च भएकोले संस्थालाई धन्यवाद ज्ञापन गरेकी छिन् ।
उपमेयर महतोले तालिममा सिकेका विषयवस्तुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी हुन् । यसप्रकारका तालिम समय समयमा गरेर अन्य वितीय संस्थाहरुले पनि वचत तथा ऋणको साथसाथै स्वरोजगारको लागि भुमिका निर्वाह गरिदिनका लागि महतोले आग्रह गरेकी हुन् ।
कार्यक्रमकाबीच क्षेत्रीय प्रवन्धक चित्रराज सुवेदीले तालिम लिएका सदस्यहरुले आ आफना मातहतमा अन्य सदस्यहरुलाई सिकाउनुपर्नेमा जोड दिएका छन् । यस्ता तालिमहरु अगामी दिनमा पनि संचालन गर्ने सुवेदीले धारणा राखेका हुन् ।
कार्यक्रमकाबीच सुर्योदय वोमि लघुबित्त बित्तिय संस्थाका अनुगमन अधिकृत बसिर मन्सुर यस्ता सीपले केहीमात्रामा भएपनि महिलाहिंसामा न्युनिकरण हुनसक्ने आकलन गरेका थिए ।
तालिममा सहभागीलाई अनुगमन अधिकृत मनिता कुमारी ठाकुरले प्रशिक्षण दिएका थिए ।