Sunday 16th of June 2024

मटिहानीमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा

0 Shares

महोत्तरी / मटिहानी नगरपालिकाले आजदेखि जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा ल्याएको छ । मधेश प्रदेश सरकार र मटिहानी नगरपालिकाको संयुक्त प्रयासमा मटिहानी स्वास्थ्य चौकीमा आज देखि जनस्वास्थ्य प्रयोगशाला (ल्याब) शुभारम्भ भएको हो ।

rpt

सो प्रयोगशाला (ल्याब)बाट CBC, RFT,LFT, L PROFILE , WIDAL  , MALARIA  , SUGAR , RA FACTOR , ASO  लगायतका परीक्षण (जाँच) गरिने प्रयोगशालाका प्राविधीक रितु नायकले जानकारी दिईन् ।
आईतबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अभिराम शर्मा र मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मंडलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

rpt

मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मंडलले प्रदेशबाट प्राप्त आधुनिक प्रयोगशाला (ल्याब) संचालन सामग्रीले स्वास्थ्य क्षेत्रमा मटिहानी नगरपालिका एक कदम अगाडि बढेको बताए ।

प्रतिक्रिया