Sunday 16th of June 2024

गाैशालामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.द्वरा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0 Shares

मंजित मधेशी ,महरा
गाैशाला – साेमवार महाेत्तरीकाे गाैशाला नगरपालिका वडा नं ५ मा रहेकाे श्री त्रिभुवन माध्यमिक विधालयमा  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.द्वरा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

श्री त्रिभुवन माध्यमिक विधालयमा अध्ययनरत कक्षा ११/१२का विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम साेमवार सम्पन्न गरिएको छ।

कार्यक्रममा वित्तीय साक्षरता के हाे ? बचत भनेको के हाे ? कर्जा के हाे ? शेयर भनेको के हाे? वीमा भनेको  के हाे? समूहको परिभाषा लगाईत ,लधुवित्त के हाे?

भन्ने बारे ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.काे केन्द्र तथा क्षेत्रीय कार्यलय बाट आउनुभएको प्रशिक्षकले विद्यार्थीलाईलाई प्रशिक्षण दिनुभएको थियोे । त्यसतै विद्यार्थीहरुले साेधिएकाे  विभिन्न जिज्ञासाहरकाे सवाफ प्रशिक्षकहरुले दिनुभएकमे थियो ।

प्रतिक्रिया