Friday 14th of June 2024

मटिहानीमा पानी परिक्षण शुरु

0 Shares

सुनिता कुशवाहा
महोत्तरी / मटिहानी नगरपालिकाले पानी परिक्षण ल्याबको स्थापना गरिएको छ । सोमबार पानीको गुणस्तर जाँच गर्न मटिहानी नगरपालिकाले युनिसेफको सहयोगमा नगरपालिकाको कार्यालयमा ल्याब स्थापना गरिएको हो ।
मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले ल्याबको उद्घाटन गर्दै यसको स्थापनाले पानीको गुणस्तर जाँच्न र स्वच्छ खानेपानी उपलब्ध गराउनमा सहयोग मिल्ने बताए।
सो ल्याबबाट ई-कोली, पि.एच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रीकल कन्डक्टिभिटी लगायतका ७ वटा जाँच सेवाहरु उपलब्ध हुने मेयर मण्डलले जानकारी दिएका छन् ।
हाल महोत्तरीको ५ वटा स्थानीय तहहरुमा ल्याब संचालन भइरहेको युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रमका अधिकृत अन्नपूणर्ा मिश्रले बताए ।
गर्भवती महिलालाई मुर्छाबाट जोगाउन क्यालसियम खुवाउदै
यसैवीच नगरपालिका क्षेत्रका गर्भवती महिलालाई मूर्छा (Eclampsia) बाट जोगाउन क्याल्सियम (Calcium + vitamin D3) चक्की चक्की खुवाउने कार्यक्रम सुचारु गरेको हो ।
जिल्लामा पहिलो पटक नगरपालिकाले स्थानीय गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकी मार्फत सो सेवा प्रारम्भ गरेको स्वास्थ्य शाखाका प्रमुख पवनकुमार मण्डलले बताए । गर्भवती भएको ४ महिना देखि ९ महिनाभित्रमा १ सय ८० चक्की खुवाउने कार्यक्रम रहेको मंडलले जानकारी दिए ।
उक्त क्याल्सियम चक्की खाने महिलालाई मूर्छा लगायत आमाको गर्भभित्र रहेको रहेको बच्चाको हड्डी मजबूत हुने मण्डलको भनाई रहेको छ ।
यसैबीच मेयर हरि प्रसाद मंडलले स्वास्थ्य चौकीका प्रमुखहरुलाई सो क्याल्सियम चक्की हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया