Friday 12th of April 2024

सिरहामा एक युवकको शव फेला

0 Shares

सिरहा – सिरहामा एक अपरिचित युवकको शव फेला परेको छ । लहान नगरपालिका ३ बलान नदी नजिककै अन्दाजी ३५ वर्षको जस्तो देखिने अपरिचित युवकको शव फेला परेको हो । युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानाएको छ।

प्रतिक्रिया