गौशाला जंगलबाट बन्दुक सहित २ जना पक्राउ

गौशाला । महोत्तरीको गौशाला नगरपालिका ११ बाट भरुवा बन्दुक सहित दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गस्थित मरहा खोलाको पुलभन्दा दक्षिण जंगल क्षेत्रबाट बरुवा बन्दुक सहित बर्दिबास नगरपालिका– १ का ३९ बर्षीय सोम मगर र गौशाला नगरपालिका –७ का ५६ बर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापाले बताए ।
पक्राउ परेकाहरुका साथबाट १ थान भरुवा बन्दुक, एक सय ग्राम बारुद, केही फलामका छरा र ज ७ प ३३२९ नमबरको मोटरसाइकल बरामद गरिएको इन्स्पेक्टर बालिस्टर सिंहले जनाएको छ ।पक्राउ परका सिकारीहरुमाथि अबैध खरखजाना शीर्षकमा अनुसनधान थालिएको छ ।

प्रतिक्रिया