0
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् ।
राउत सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका थिए । भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए ।