Tuesday 14th of January 2025

सेवा प्रवाहमा तदारुकता देखाउन मुख्मन्त्रीको निर्देशन

0 Shares

लक्ष्मी चौधरी

जनकपुरधाम  / मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाहमा चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै प्रकारको लापरबाही नगरी सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिनुभएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवामा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गर्नुहुँदै सो निर्देशन दिनुभएको हो।उहाँले अस्पतालको सेवा प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही गरिने चेतावनीसमेत दिनुभयो।

मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको दोस्रो पटक आकस्मिक अनुगमन गर्ने क्रममा कार्यरत सम्पूर्ण कर्मचारीलाई चेतावनी दिनुभएको हो।अस्पतालमा गुनासो बढेपछि मुख्यमन्त्री यादवले अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता देखाउँदै अस्पतालको अनुगमन गर्नुभएको थियो ।

अनुगमनकै क्रममा मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउन चिकित्सकसहित अस्पतालका अन्य कर्मचारी पनि प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्रीले मंगलबार राति ९ बजे अस्पतालको आकस्मिक कक्षलगायत अन्य कक्षको अनुगमन गर्नुभएको हो।

अस्पतालको व्यवस्थापनमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. बिनोद यादव हुनुहुन्छ।

प्रतिक्रिया