Wednesday 15th of January 2025

जनकपुरधाम : अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका २३ जनामध्ये २१ जना रिहा

0 Shares

धनुषा – धनुषा प्रहरीले मंगलबार २१ जनालाई थुना मुक्त गरेको छ । प्रहरीले सोमबार जनकपुरधाम उपमहानगरपालिका पिडारी चोकबाट ९ जना महिला र १४ जना पुरुष गरी २३ जनालाई पक्राउ गरेको थियो । प्रहरीले ३० वटा चालु अवस्थामा र ६० वटा तैयारी अवस्थामा रहेको कम्प्युटर बरामद गरेको थियो ।

उनीहरु जागिरको प्रलोभनमा परी उक्त काममा संलग्न भएका धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार उनीहरु प्राय युवा उमेरका छन् । लहैलहैमा परेर ‘कल सेन्टर’को जागिर गर्न आएका थिए । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरुले अनलाइनबाट ऋण लिन लगाउने र तिर्न लगाउने काम गरिरहेका थिए ।

त्यस वापत कम्पनीले उनीहरुले तीन प्रतिशत कमिशन दिने गरेका थिए । ‘कम भूमिका देखिएका र थोरै दिनदेखि काम गरिरहेकाहरुलाई हामीले तारिखमा छोडेका छौं,’उनले भने,‘हामीले यस विषयमा विभिन्न कोणबाट अनुसन्धान गर्दै छौं ।’

प्रहरीले पर्सा महिनपुर गाउँपालिकाका सत्यान्नद राम र सिरहा लहान नगरपालिका–११ का विजय सिंहमाथि मुद्दा चलाएको छ । उनीहरुमाथि नेपाल राष्ट्र बैंकको २०५८ ऐन अनुसार मुद्दा चलाइएको छ । यी दुबै जनाको संलग्नता माथि सम्म देखिएको एसपी खड्काले बताए । ‘

यसमा धेरै समूहको संलग्नता हुन सक्छ । कुन समूह सक्रिय छन्, हामी खोज्दै छौं,’उनले भने,‘ भारतीय केही व्यक्तिको संलग्नता पनि देखिएको छ । बरामद भएको कम्प्युटरमा चाइनिज फोन्ट पनि देखिएको हुनाले चीनको व्यक्ति पनि संलग्न हुन सक्छ ।’

प्रतिक्रिया