0
Shares
महोत्तरी – उपचारका लागि मेडिकल लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । जनकपुरस्थित सुविधा मेडिकल लगिएका थुनुवा शुक्रबार अपराह्न फरार भएका हुन्।
गत भदौ २६ गते अपहरण, शरीर बन्धक र ज्यानसम्बन्धी कसुर, चोरी, आपराधिक षड्यन्त्र मुद्दामा पुर्पक्षमा रहेका लोहारपट्टी नगरपालिका– ४ खुट्टा पिपराढीनिवासी २३ वर्षीय कृष्णकुमार यादव फरार भएका हुन् ।
कारागारबाट उपचारका लागि पाँचजना थुनुवालाई लिएर सात प्रहरी जनकपुर गएका थिए। फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीको भनाइ छ ।
टाउको र खुट्टाको समस्या रहेको र खुट्टामा स्टिलसमेत राखेका यादव बैसाखीको सहारामा हिँडडुल गर्थे ।