Sunday 16th of June 2024

सर्लाहीमा नक्कली नोटसहित एकजना पक्राउ

0 Shares

मधेश प्रदेशकाे सर्लाहीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित बरहथवा नगरपालिका–१७ कटानीबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ । अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रतिक्रिया