Thursday 20th of June 2024

जनकपुरधाम मेयरकप टी–२० : महोत्तरीको लगातार दोस्रो हार

0 Shares

महोत्तरी- जनकपुरधाम मेयरकप टी–२० को तेस्रो खेलमा महोत्तरीको लगातार दोस्रो हार भएको छ ।

शुक्रबार जनकपुरधामको रजौल स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यी रंगशालमा भएको दोस्रो खेलमा सिरहाले महोत्तरीलाई १३ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको सिरहाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएका थिए ।

सिरहा टिमको तर्फबाट राकेश कामतले सर्वाधिक ३९ रन बनाए । यस्तै, अशोक यादवले २२ र रुपेश सिंहले १५ रन बनाए । बलिङ्गमा महोत्तरीका नविन यादव र हरेकृष्ण झाले समान २÷२ विकेट लिए भने विनेश सहनीले १ विकेट लिए ।

११० रनको लक्ष्य लिएर ब्याटिङ्ग गर्न आएका महोत्तरीले निर्धारित ओभरमा ९ विकेटको नोक्सानमा ९६ रन मात्र बनाउन सके ।

महोत्तरीको तर्फबाट नविन यादवले सर्वाधिक ३८ रन बनाए भने अभिषेक तिवारीले १८ र पल्टु सादाले १७ रन बनाए । बाँकी खेलाडी भने दोह्रो अंकमा पुग्न सकेनन् । महोत्तरीले खेलेको दुबै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया