Friday 14th of June 2024

महाेत्तरिकाे सोनमामा आगलागि हुदा लाखौको क्षति

0 Shares

कुश ठाकुर

महोत्तरीको सोनमामा आगलागि हुदा लाखौको क्षति भएको छ । सोनमा गाउँपालिका वडा न. १ सोनमा स्थित मनोहर ठाकुर , इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुदा करिब ७ लाख बराबरको क्षति भएको हो । शनिबार दिउसो १२ बजेर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।आगलागीबाट मनोहर ठाकुरको घरमा रहेको चामल , गहुँ , २ वडा सिलिन्डर , कपडा लगायतको सामान जलेर नष्ट भएको छ । त्यस्तै इन्दल ठाकुर र इनरजित ठाकुरको घरसहित पराल , जलेर नष्ट भएको छ ।आगलागी जनसमुदाय र सम्सीको वारुण यन्त्रले नियन्त्रणमा लिएकाे छ  । आगलागीको बखतमा तिन ओटै घरमा कोहि पनि थिएनन् । अागलगिबाट मानविय क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया