Saturday 15th of June 2024

गौशाला नगरपालिकाको बजार एरिया भित्र लामखुट्टे मार्ने औषधी छर्कदै

0 Shares

गौशालाः महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा आज साझँ लामखुट्टे मार्ने औषधी छर्किएको छ । गर्मीको आवागमन भए लगतै बजार एरिया भित्र अत्यधिक लामखुट्टे बढेसँगै गौशाला नगरपालिकाको ध्यान आकर्षण भई औषधी छर्किएको छ । दिउँसो ४ बजेको पछि घर, पसलमा लामखुट्टेको प्रकोप बढी आमजनमानसलाई बस्न निकै सकस हुने भएकोले बजार एरियामा औषधि छर्किन लागिएको स्वास्थ्य संयोजक मनोज यादवले बताए ।
लामखुट्टेबाट जोगिन मानिसहरू विभिन्न किसिममा कीटनाशक प्रयोग गरिन्छ जुन आफैंमा निकै हानिकारक हुन्छन्। तसर्थ हामी लामखुट्टेबाट बच्न घरेलु सावधानी जस्तै झुलको प्रयोग, लामो बाहुला भएको लुगा लगाउने, झ्यालढोकामा जालीको प्रयोग गर्ने र आफ्नो वरिपरिको वातावरण सफा राख्न गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए ।
लामखुट्टे मार्ने औषधि गौशाला नगरपालिकाको सम्पूर्ण वडाहरुमा छर्कने लक्ष्य रहेको डा.महतोले बताए ।

प्रतिक्रिया