गौशाला: मधेश प्रदेशमै पहिलोपटक गौशाला नगरपालिकाको कार्यालयले किताकाँट प्रक्रियागत रुपमा सुचारु गरिएको छ ।
मंगलवार गौशाला नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनकावीच सो कुराको जानकारी गराईएको हो । नगरप्रमुख डा. दिपेन्द्र महतोेले अब यहाँका जग्गाको विभिन्न चरणमा चरणवद्ध रुपमा वर्गिकरण भएकोले सोही अनुरुप किताकाँटको कार्य फुकुवा भएको छ । नगरप्रमुख डा. महतोले भने, ‘किताँकाट गौशालावासीको लागि निकै नै चासोको विषय रहेको थियो । सोलाई ध्यानमा राख्दै नियम प्रक्रिया पुर्याएर प्राविधीक सम्मिलित टोलीले वर्गिकरणको कार्य सम्पन्न भएको हो । अव भोलीदेखि नै यहाँ किताकाट भएपछि क्रमिक रुपमा जनताको चौतर्फी समस्या समाधान हुनेछ ।’ यस प्रक्रियामा अमिन सन्तोष महासेठले पाँच महिना देखि निःशुल्क प्रशासनिक कामकाज गरी गौशाला नगरपालिकालाई सहयोग गरी कित्ताकाट प्रक्रियालाई बिधिवत रुपमा अगाडी बढाई शुरुवात गरेवापत महासेठलाई गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले मुरीमुरी धन्यवाद व्यक्त गरेकाछन् साथै महासेठलालाई गौशाला नगरपालिकाले चाँडै नै सम्मान गर्ने डा. महतोले बताए ।
सोहीविच जिल्ला मालपोत कार्यालय जलेश्वरका प्रमुख रमेश पौडेलले प्रक्रिया पुर्याएर किताकाँटको लागि वर्गिकरण गर्नका लागि गौशाला नगरपालिका सफल भएको बताएका छन् । प्रमुख पौडेलले भने, ‘राजपत्रमा प्रकाशित भएलगतै सुलभ रुपमै यहाँ किताकाँट गर्नमा कुनै कठिनाई छैन् । प्रक्रिया पुर्याएर सेवाग्राहीले अव सेवा लिन पाउने भएको छ ।’ अव मालपोत र नापी कार्यालय संचालनको लागि सवैको सकारात्मक भुमिकाको आवश्यक रहेको प्रमुख पौडेलले बताए । नगरप्रमुखले अधिक नै प्रयास गरेतापनि राजनितीकरणकै कारण यहाँ कार्यालय संचालन हुन नसकेको प्रमुख पौडेलले धारणा राखेका छन् । ४३ हजार ८५० किता जग्गा रहेको पालिकालाई सन् २०२२ को स्याटलेटबाट तथ्यांक अपडेट गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णवहादुर केसीले बताए । यहाँका जग्गालाई विभिन्न १० क्षेत्रमा विभाजित गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिएका छन् ।