पत्रकार यदुवन्शीलाई ठेकेदारद्धारा कुटपीट गर्ने धम्की (सुन्नुहोस् धम्कीको अडीयो)

बर्दिबास – शिरीष न्युज अनलाईनका सहकर्मी तथा रुपान्तरण अनलाईनका सहकर्मी धर्वेन्द्र कुमार यादव ‘यदुवन्शी’ लाई महोत्तरीको औरही बजारको ठेकेदार नथुनी ठाकुरले कुटपीट गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ठेकेदार ठाकुरले श्री प्रसाद सिंह मावि औरहीमा आयोजना गरिएको छलफलमा समाचारको प्रमाणसहित अनिवार्य उपस्थित हुनुपर्ने भन्दै पत्रकार यदुवंशीलाई फोनमा धम्की दिएका हुन । ठेकेदार ठाकुरले आफुले राखेको छलफलमा उपस्थित नभए विगतमा पत्रकारलाई गरेको दुव्र्यवहार जस्तै गरिने र जे पनि गर्न सकिने आपूmलाई भनेको पत्रकार यादवले बताए ।

आईतबार बिहान करिव १० बजे बजार ठेकेदार ठाकुरले समाचारको विषयलाई लिएर टेलिफोन गर्दै पत्रकार यदुवंशीलाई रामधुलाई गर्ने धम्की दिएको प्रमाण सुरक्षित रहेको विज्ञप्तीमा जनाइएको छ । गत शुक्रबार पत्रकार यदुवन्शीले ‘ठेकेदारको दादागिरीका कारण औरही बजार बन्द हुने अवस्थामा’ भन्ने शीर्षकको समाचार लेखेका थिए । समाचारमा तोकेको दर–रेट भन्दा ठेकेदारले व्यपारीहरुसंग बढी बट्टी असुली गरिरहेको बिषयलाई लिएर बजार ठेकेदार ठाकुरले पत्रकार यदुवन्शीलाई दिएको धम्कीको प्रति महासंघले कडा निन्दा र घोर भत्सर्ना गरेको छ ।

समाचारको सम्बन्धमा चित्त नबुझे प्रचलित कानुनी प्रक्रिया अबलम्बन गर्न सक्ने बाटो हुँदाहुँदैं ठेकेदार ठाकुरले कानुनलाई मुठ्ठीमा लिएर पत्रकारलाई कुटपीट गर्ने धम्की दिनुले प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार भएको ठहर गरेको छ ।

महासंघका सचिव राजकरण महतोद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई तुरुन्त पक्राउ गरेर कानुन अनुसार कारवाही गर्न प्रहरी प्रशासनसंग माग गरेको छ । साथै नेपाल पत्रकार महासंघले बनाएको पत्रकार अचार संहिताको पूर्ण पालन गर्दै निडर भएर देश र जनताको पक्षमा कलम चलाउन सबै पत्रकारहरुमा अनुरोध गरेको छ ।May be an image of text

प्रतिक्रिया

सम्बन्धित समाचार