Tuesday 11th of February 2025

हातहतियार सहित एक जना मानिस पक्राउ

0 Shares

महोत्तरीको बर्दिवास नगरपालिकामा हातहतियार सहित एक जना मानिस पक्राउ परेको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ८ स्थित सागरनाथ वन बिकास प्रयोजना अन्तर्गत हात्तिलेटको वन व्यवस्थापन शाखाको जंगलमा हातहतियार सहित जंगली जनावरको सिकार गरीरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिवासबाट गएको एक टोलीले उक्त स्थानमा पुग्दा सिकार खेलिरहेका मानिसहरुले प्रहरीलाई देख्न साथ दुई थान भरुवा बन्दुक वन जंगलको झारीमा फाली भाग्दै गरेको निजहरुलाई पिच्छा गर्ने क्रममा एक जना मानिस पक्राउ परेकोे छ । पक्राउ पर्ने बर्दिवास नगरपालिका–१४ नमुनाबस्ति बस्ने डिक बहादुर मगरको छोरा वर्ष ४९ को गणेश बहादुर मगर (भिम) रहेको र एक जना फरार भएका मानिस बर्दिवास नगरपालिका–१४ का वर्ष ३५ को अविचन सदा रहेको बताईको र मगरसंग हातहतियारको बारेमा सोधपुछ गरी खोज तलास गर्ने क्रममा जंगलको जंगली वनमाराको झारी भित्र फाईरिङ्ग भईसकेको भरुवा बन्दुक १ नाल, तयारी हालतमा लोड भएको भरुवा बन्दुक १ नाल र सो भरुवा बन्दुकहरुमा प्रयोग गरिने बारुद, फलामको छर्राहरु, सलाईको बट्टा, काटी, कपडाको टुक्राहरु फेला परेको र उक्त तयारी अबस्थामा रहेको भरुवा बन्दुकलाई डिस्पोज गरीएको जिल्ला प्रहरी कार्यालय जलेश्वरले बताएको छ ।
पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया