Saturday 15th of June 2024

नयाँ वर्षमा पार्टी मनाउने क्रममा मासु घाँटीमा अडकिँदा एकजनाको मृत्यु

0 Shares

मोरङ / नयाँ वर्षको अवसरमा मोरङमा मासु खाने क्रममा शुक्रबार एक व्यक्तिको मृत्यु भएको छ।

रतुवामाई नगरपालिकाका ९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो। नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु घाँटीमा अड्किएर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार सँझ मासु पोलेर खाने क्रममा माझीको घाँटीमा अड्किएको थियो। घटना लगत्तै घरपरिवारले उनलाइ उपचारका लागि उर्लाबारी नगरपालिकास्थित अस्पतालमा भर्ना गरेका थिए। उपचारको क्रममा स्थानीय अरनिको अस्पतालमा साँझ करिब ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया