Sunday 16th of June 2024

डा सीके राउत:कांग्रेस इमान्दार रह्यो भने मधेशमा जनमतको मुख्यमन्त्री हुन्छ

0 Shares

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपाली कांग्रेस इमान्दार रहे मधेश प्रदेशमा जनमत पार्टीको मृख्यमन्त्री हुने बताएका छन् ।

संघको सत्ताबाट बाहिरिएको जनमतका अध्यक्ष सीके राउतले आगामी वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनपछि आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्ने दाबी गरेका हुन्।

उनले यस विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सहमति भएको दाबी गरेका छन्।

‘मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचनपछि आफैँ बहिर्गमन हुँदै छ’, राउतले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार रहने हो भने उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दै छ, नभए कांग्रेसको।’

प्रधानमन्त्री आफैँ कति दिन टिक्ने ठेगान नभएको टिप्पणी गर्दै अध्यक्ष राउतले यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नभएको उल्लेख गरेका छन्।

प्रतिक्रिया