महोत्तरीको गौशाला नगरपालिकामा मेलमिलाप सम्बन्धि एक हप्ते आधाभुत तालिम शुरु भएको छ । सोमबार एक कार्यक्रकाबीच नगर प्रमुख डा. दिपेन्द्र महतोले मेलमिलाप सम्बन्धि सात दिवसीय आधाभुत तालिमको शुभाराम्भ भएको हो ।
गौशाला नगरपालिकाको १२ वटै वडा कार्यालयमा मेलमिलाप सम्बन्धि तोकिएको सदस्यहरुको सहभागी रहेको कार्यक्रमको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले उद्घाटन गरेका छन् । विवादमा परेका व्यक्तिहरुलाई कसरी सहज र सुलम तरिकाले न्याय दिन सकिन्छ त्यस विषयमा सहजकर्ताहरुलाई समयानुकुल प्रशिक्षणको आवश्यकता रहेको मेयर महतोले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गौशाला नगरपालिकाका उपमेयर रेनु महतोले समय समयमा यस्ता प्रशिक्षणले मेलमिलाप सहजकर्ताको मनोबल बढ्नु साथै कार्यसम्पादन गर्नका लागी सुलभ हुने भएकोले सम्बन्धित सरोकारबाला निकायलाई यस तर्फ ध्यान दिनु पर्नेमा आवश्यक रहेको उपमेयर रेनु महतोे बताईन् ।
सोही कार्यक्रमका प्रमुख प्रशिक्षक अधिवक्ता दिपक राज भट्टले मेलमिलाप सहजकर्ताका रुपमा रहेका सम्पूर्ण सदस्यहरुले विवादमा रहेका व्यक्तिहरुलाई कुन तरीकाले मेलमिलाप गराउने र कसरी कानुनको धारालाई टेकि मिलमिलाप गराउन सकिन्छ त्यस विषयमा प्रष्ट पारेका थिए । कानुनको धारालाई टेकि मिलमिलाप गराएमा कुनै किसिमको बाधा अर्चन नआउने भट्टले बताए ।
कार्यक्रमका बीच सहायक प्रशिक्षक शिर्जना तामाङ्ग, कृष्ण गौतम, रजनि तामाङ्ग, वडा अध्यक्ष बद्रि सिंह दनुवार, विपिन आचार्य, पृथ्वी महतो, लगायतले मेलमिलाप सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।
गौशाला नगरपालिकाको आयोजना र प्राथमिक श्रोत द्वन्द रुपान्तरण केन्द्र कौशलटार, भक्तपुरको सहजीकरणमा संचालित सो आधारभुत तालिम सात दिनसम्म जारी रहनेछ ।