0
Shares
एजेन्सी- भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ ।
गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शनिवार विषाक्त जाँडरक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिनुभएको छ ।
विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८ सय ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गर्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउने घटना पटक पटक हुँदै आएका छन् ।