Sunday 9th of February 2025

लालबन्दी नगरपालिका कम बेरुजु प्रतिशतमा सर्लाहीमै प्रथम तथा मधेश प्रदेशमा दोश्रो

0 Shares

सर्लाहीको २० वटै पालिकाहरु मध्ये लालबन्दी नगरपालिका बेरुजु प्रतिशत कम ल्याउने पालिका बनेको छ भने मधेश प्रदेशको पालिकाहरु मध्ये दोश्रो पालिका बनेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन,२०७९ अनुसार आ.ब. २०७८÷०७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदन बमोजिम सबै भन्दा कम बेरुजु आउने स्थानीय तहहरुमध्ये लालबन्दी नगरपालिका मधेश प्रदेशकै पालिकाहरु मध्ये दोश्रो तथा सर्लाही जिल्लाको स्थानीय तहहरुमध्ये प्रथम बनेको लालबन्दी नगरपालिकाले जनाएको छ । यसैगरी मधेश प्रदेशमै सबभन्दा कम बेरुजु प्रतिशत आउने पालिका परवानीपुर गाउँपालिका बारा रहेको छ । परवानीपुर गाउँपालिकाले मधेश प्रदेशकै पालिकाहरु मध्ये कम बेरुजु प्रतिशत ०.९९ ल्याएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । लालबन्दी नगरपालिकाको मधेश प्रदेशमै बेरुजु प्रतिशत १.२२ प्रतिशत रहेको छ । त्यस्तै र कञ्चनरुप नगरपालिकाको १.७४ प्रतिशत बेरुजु प्रतिशत रहेको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया