Sunday 16th of June 2024

जनकपुरधामको एक घरमा लाखौँको चोरी

0 Shares

धनुषा – जनकपुरधामको एक घरमा लाखौंको चोरी भएको छ ।

मंगलबार राति जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने सौखीलाल मण्डलको घरमा अज्ञात समूहले लाखौंको चोरी गरेको प्रहरीले जनाएको छ ।

मण्डलको घरको मेनगेटको ग्रिल÷ढोकाको ताला फोडेर जिन्सी तथा नगद गरी करीब १० लाख बराबरको चोरी भएको बताइएको छ । मध्यरातमा १ लाख नगद, सुनको मंगलसूत्र २ थान, सुनको सिक्री एकभरको एक थान, सुनको औंठी २ थान, बच्चाको हातको बलिया २ थान, सुनको बजरंग बली २ थान, चाँदीको पायल १५ भर र मोबाइललगायतका सामान चोरी भएको कपिलेश्वर प्रहरी चौकीले जनाएको छ ।

चोरीको घटना घटेपछि स्थानीय त्रसित भएका छन् । निरन्तर चोरी हुन थालेपछि सुरक्षा व्यवस्था बढाउन स्थानीयबासीले प्रशासनसंग माग गरेका छन् ।

प्रतिक्रिया