Tuesday 11th of February 2025

क्रसर व्यवसायीले कुटे नगरप्रहरीलाई, नगरको सम्पूर्ण कामकाज ठप्प ।।

0 Shares
file photo

महोत्तरी / नगरप्रहरी कुटिएको विरोधमा गौशाला नगरपालिकाको कामकाज ठप्प भएको छ । शुक्रवार विहान डियुटीमा खटिएको नगरप्रहरी प्रमुख टेक वहादुर लामालाई गाली वेईज्जती गर्दै ज्यानमार्ने धम्की दिएको तथा नगरप्रहरी जवान पान वहादुर लामालाई कुटिएको विरोधमा नगरपालिकाको सम्पुर्ण कामकाज ठप्प भएको हो ।
उनीहरुलाई स्थानिय शिवम् वासिंङ्ग सेन्टरका संचालक प्रमोदकुमार महतो र उनका सावरी चालकले कुटपिटमा उत्रिएको नगरपालिका कार्यालय स्रोतले जनाएको छ ।

डियुटीमा खटिएको राष्ट्रसेवक कर्मचारी उपर हातपात र ज्यान मार्ने धम्कीले कामकाज गर्ने वातावरण सहज नभएको भन्दै नगरपालिकामा कार्यरत कर्मचारीहरु घटनामा संलग्न व्यक्तिहरुलाई कानुन अनुसारको कारवाहीको माग गर्दै कामकाज ठप्प गरेका छन् ।
कर्मचारीहरु सामुहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारवाही नगरुन्जेलसम्मका लागि नगरपालिका तथा वडाबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने उल्लेख गरेका छन् ।


यस्तो छ घटना ?
शुक्रवार विहान नगरप्रहरी जवान पान वहादुर लामा मरहा नदीमा निकास शुल्क उठाईरहेका थिए । सोही क्रममा साढे ९ बजेको समयमा प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिपर वालुवा लिएर आए । सो टिफरको निकासी शुल्क काटन खोज्दा चालक र नगरप्रहरीवीच केहीबेर विवाद भएको थियो ।
सोही क्रममा सो टिफरका चालकले नगरप्रहरी जवान पान वहादुर लामालाई कुटपिट गरि टिफर लिएर फरार भएका थिए । टिफरमा लोड गरिएको वालुवा रजखोरमा खसाएको थियो । त्यतिवेलासम्म घटनाको यथार्थ बुझ्नका लागि नगरप्रहरी प्रमुख टेकवहादुर लामा रजखोर पुगिसकेका थिए । सोही क्रममा शिवम वासिंग सेन्टरका संचालक प्रमोद महतो समेत त्यहाँ पुगिसकेका थिए । पछि संचालक महतोले नगर प्रहरी प्रमुख लामालाई दुव्र्यवहार गर्नुको साथै ज्यान मार्ने धम्की समेत दिएका नगरपालिकाको नगरप्रहरी ईकाई परिचालन स्रोतले जनाएको छ ।

यता प्रमुख प्रशासकीय अधिकृत पुर्णवहादुर केसीले घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न प्रयासमा रहेको जनाएको छ । घटनामा संलग्न दोषीलाई कानुन अनुसारको कारवाही हुने प्रमुख प्रशासकीय अधिकृत केसीले बताएका छन् ।

प्रतिक्रिया