0
Shares

महोत्तरी / गौशालामा एक महिलाको शंकास्पद रुपमा मृत्यु भएको छ । गएराति गौशाला नगरपालिका ४ रजखोरकी २७ बर्षिया आशा साहको वर्दिवासस्थित एक निजी स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो ।
घरायसी विवादको कारण साहले विष सेवन गरिएपछि गम्भीर अवस्थामा रहेको समयमा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीले घटना भएलगतै मृतककी श्रीमान उमेश सालाई सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । घटनाको समबन्धमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएइको छ ।
६ बर्ष पहिले मृतक युवतिको गौशाला ४ रजखोरका उमेश साहसंग समाजिक परम्पराअनुसार विवाह भएको थियो । मृतकको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छन् ।