Saturday 15th of June 2024

बारा २ उपचुनाव : मधेशका मुख्यमन्त्रीसंग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

0 Shares

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

बारा २ मा भइरहेको उपनिर्वाचनको क्रममा पचरौता नगरपालिका क्षेत्रमा पुगेको भन्दै निर्वाचन आयोगले मुख्यमन्त्री यादवसहित स्पष्टीकरण सोधेको हो ।

‘अनुमतिविना पचरौता नगरपालिका क्षेत्रमा के कति कारणले जानु भएको हो ? तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन रु तपाईंलाई कारवाही किन नगर्ने र ? भनी २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचारका क्रममा आचारसंहिता उल्लंघन गरेको आरोप उनीमाथि छ ।

प्रतिक्रिया