Saturday 15th of June 2024

बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले आफुलाई मत हाल्न नपाउने

0 Shares

बारा २ मा भइरहेको उपनिर्वाचनमा केही घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

मतदाताहरु मतदान केन्द्रहरूमा लाइन लागेर मतदान गरिरहेका छन् ।

यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।

यादव सप्तरी–२ का मतदाता हुन् भने पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् ।

बारामा २ मा ३४ जना उम्मेदवार छन् । १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया