Friday 14th of June 2024

गौशाला न.पा.ले मागे जिल्ला समन्वय समितिसंग स्पटिकरण

0 Shares

गौशाला न.पा.ले मागे जिल्ला समन्वय समितिसंग स्पटिकरण

गौशाला: जिल्ला समन्वय समिति महोत्तरीले अवैध नदी उत्खन्नको नाममा नियम विपरित जरिवाना असुल गरेको तथ्य खुलासा भएको छ । गत वैशाख ५ गते गौशाला नगरपालिकाको एक नदीवाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खन्न गरि लैजादै गरेको भन्दै जिल्ला समन्वय समिति महोत्तरीले नियमविपरित रकम असुली गरिएको गौशाला नगरपालिकाको कार्यालय स्रोतले जनाएको छ ।
नगरपालिका स्रोतका अनुसार स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ वमोजिम जरिवाना उठाउने अधिकार पालिकाको भएतापनि जिल्ला समन्वय समितिले हस्तक्षेप गरेको जनाएको छ । कार्यालयले आईतबार एक विज्ञप्ति जारी गर्दै रकम असुल गरिएको सम्बन्धमा विस्तृतरुपमा जानकारी उपलब्ध गराउनका लागि जिल्ला समन्वय समिति महोत्तरीसँग माग गरिएको छ ।

जिल्ला समन्वय समिति महोत्तरीको रसिद नं. ९८१ मा गाडी नं. ज १ त ५२२३ नम्बरको टयाक्टरका चालक सुनिल कुमार महतोसँग २० हजार रकम असुल गरेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाले भोलीको दिनहरुमा समाजमा शान्ति र सदभाव विग्रिने कुनै किसिमको क्रियाकलाप भएमा यसको सम्पूर्ण जिम्मेवारी जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले लिनु पर्ने गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ  ।

प्रतिक्रिया