Sunday 16th of June 2024

एउटै वडामा दुइवटा इमर्जेन्सी सेल्टर, निर्माण भएको प्रयोग विहीन हुदाँ पनि अर्को निर्माण हुने

0 Shares

सर्लाही,१० वैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा निर्माण हुने इमर्जेन्सी सेल्टर नियम बिपरीत वडा नं. ३ बडकुर्वामा शिलान्यास हुने भएको छ । यस अघि पनि वडा नं. ३ मै इमर्जेन्सी सेल्टर निर्माण भएको छ । इमर्जेन्सी सेल्टर निर्माण भए पनि अहिले त्यो प्रयोग बिहिन बनेको छ । वडा नं. ३ मा यस अघि नै निर्माण भएको इमर्जेन्सी सेल्टर प्रयोग बिहिन बनेपनि शहरी विकास तथा भवन कार्यालय धनुषाले नियम मिच्दै वडा नं. १ मा निर्माण हुने इमर्जेन्सी सेन्टर कटौती गरी वडा नं. ३ मा सारेकोे छ । यसरी इमर्जेन्सी सेल्टर एउटा वडा बाट अर्को वडामा सार्नुले प्रष्ट हुन्छ शहरी विकास तथा भवन कार्यालयले कमिशनको लोभमा अरु वडामा इमरजेन्सी सेल्टर सारेकोे छ । शहरी विकास तथा भवन कार्यालयय धनुषाले मिति २०७९÷०५÷२१ गतेका चन्द्रनगर गाउँपालिका वडा नं. १ को कार्यालयलाई इमर्जेन्सी सेल्टर निर्माण कार्य अघि बढाउन उपभोक्ता समिति गठन गर्न पत्र पठाएको थियो । वडा नं. १ मा रु ८० लाखको लागतमा इमर्जेन्सी सेल्टर निर्माण गर्न अधिकारीक पत्र लेखे पनि शहरी विकास तथा भवन कार्यालय धनुषाले कानुनको धजी उडाउँदै एका एक इमर्जेन्सी सेल्टर वडा नं. १ किसनपुर बाट वडा नं. ३ बडकुुर्वामा शिलान्यास गर्ने भएको वडा नं. १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतोले जानकारी दिए । वडा नं. १ को योजना वडा नं. ३ मा बिचको बिचौलिया धर्मेन्द्र यादव र शहरी विकास तथा भवन कार्यालय धनुषाका निमित कार्यालय प्रमुख बिनोद कुमार यादवले कमिशनको लोभमा सारेको वडा नं. १ का स्थानियहरुले बताएका छन । भोलि (सोमवार) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादब उक्त इमर्जेन्सी सेल्टर उदघाटन गर्ने भएपछि यो रहस्य खुलेको हो । गाउँपालिका अध्यक्ष महतोलाई इमर्जेन्सी सेल्टर सरेको ठाउँमा शिलान्यास हुने जानकारी प्राप्त भएपछी गाउँपालिका बाट एउटा पत्र काटेको छ । अध्यक्ष महतो द्धारा हस्ताक्षर गरिएको पत्रमा गाउँपालिकाको १२ औं गाउँ सभाको निर्णय अनुसार चन्द्रनगर गाउँपालिकाको गाउँ सभाबाट स्वीकृत योजना बाहेक अन्य निकायबाट यस गाउँपालिका क्षेत्र भित्र आयोजना कार्यान्वयन गर्नु पुर्व सम्बन्धिीत योजनाका सम्पूर्ण आधिकारीक कागजातको प्रमाणित प्रतिलिपी गाउँ कार्यपालिकाको कार्र्यालयमा पेश गरेर वा यस गाउँ कार्यपालिकाको कार्यालयबाट अनिवार्य रुपमा पूर्वस्वीकृती लिएर कार्यान्यवयन गर्नु गराउन गाउँ कार्यापालिकाको कार्यालबाट वडा कार्यालयमा २०७९।१०।२४ गते गरिएको पत्राचार विपरित नगर्न नगराउन लेखिएको छ ।तर वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतोले आफैले पालिकाको पत्रको धज्जी उडाएको गाउँपालिका अध्यक्ष महतोले बताए ।
पत्राचारमा इमर्जेन्सी सेल्टर निर्माण गर्ने जग्गाको भोगाधिार, लिज वा दर्ता प्रमाण पत्र पेश गरे पछि मात्र योजना कार्यान्वयन गर्न लेखिए पनि कागजनातहरु पेश नै नगरी योजना कार्यान्वनयनको कार्य अगाडी बढाएको उल्लेख छ । यसरी कानुन मिचेर इमर्जेन्सी सेल्टरको कार्य अगाडी बढाई अनाधिकृत रुपमा सार्वजनिक, ऐलानी, पर्ति जग्गामा निर्माण गरिएको संरचना हटाइने चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया