महोत्तरीमा भवन भत्काउने क्रममा एकको ज्यान गयो

गौशाला । महोत्तरीको सम्सी गाँउपालिकामा मदर्सा भवन भत्काउने क्रममा एक वृद्धको ज्यान गएको छ ।

सम्सी गाउँपालिका–२ पर्सास्थित पुरानो मदर्सा भत्काउने क्रममा स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टका अनुसार मन्सुर सोही मदर्सामा काम गर्दै आएका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धान पश्चात आफन्तले शव बुझि लगेको उनले बताए ।

प्रतिक्रिया